2026-09-28 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

चैत ३०, लन्डन | आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिनुहुने भएको छ । उहाँकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्नुहुने भएको छ । 

राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उहाँकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको हो । 

आगामी वैशाख २३ गते राजा चाल्र्स तृतीयको वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुँदैछ । उक्त समारोहमा विश्वभरका शीर्ष नेता तथा व्यक्तिसहित दुई हजार विशिष्ट पाहुनाका बीचमा राजदरबार त्यागेका राजकुमार ह्यारी पनि अतिथि बन्नुहुनेछ । प्राप्त समाचारअनुसार डचेस अफ ससेक्स मेघनले आमन्त्रण अस्वीकार गर्नुभएको छ । 

राजपरिवारका सदस्यसँगको आफ्नो मतभिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उहाँकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उहाँको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ ।  राजपरिवारसँगको उहाँको यो भेट उक्त पुस्तक बजारमा आएपछिको पहिलो हुनेछ । 

पारिवारिक मनोमालिन्यका कारण तीन वर्षअघि राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले राजकीय कर्तव्यबाट अवकाश लिएको घोषणा गर्दै अमेरिका बसाँइ सर्नुभएको थियो । राजपरिवारका सदस्यबीचको वैमनस्यता गत महिना फेरि सार्वजनिक भयो जब विन्डसर दरबारमा रहेको राजकुमार ह्यारीको निवास फ्रोगमोर कटेज  खाली गर्न भनिएको थियो ।

विश्वका १६ भाषामा छापिएको ह्यारीको आत्मकथामा बेलायती राजपरिवारभित्रका आपसी घृणा, स्वार्थ र वैमनस्यताका अचम्म लाग्दा किस्सा छन् । ह्यारीलाई सिंहासनको उत्तराधिकारी उहाँका दाजु विलियमले सन् २०१९ दरबारभित्रै पिटेको सनसनीखेज खुलासादेखि कौमार्य भङ्ग, अफगानिस्तनमा हेलिकप्टर उडान, विद्रोहीको हत्यालगायत सामग्री छन् । पुस्तकमा दाजुभाईबीच विवाद बढ्दै गएपछि विलियमले आफूलाई कठालोमा समातेर भुइँमा पछारिदिएको पत्नी मेघनलाई ‘अशिष्ट आइमाई’ भनेर गालीगलौज गरिएको स्मरण पनि समेटिएको छ । 

सन् १९८४ को सेप्टेम्बर १५ मा जन्मेका ह्यारी बेलायतका राजा चाल्र्स र उहाँकी पहिलो पत्नी डायनाका दोस्रो सन्तान् हुनुहुन्छ ।  अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गर्नुअघि उनी ससेक्सको ड्युक हुनुहुन्थ्यो । अश्वेत युवती मेघनसँगको विवाहलाई दरबारले कहिल्यै मन पराएन । परिवारभित्रै बाहिरियाजस्तो हुन पुगेपछि दुई सन्तान आर्ची र लिलिबेटका साथ अमेरिका प्रस्थान गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह