2026-09-28 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पत्रकारको भीडबाट गोली चल्दा भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

एजेन्सी | भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ ।

अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् । प्रहरीका एक आयुक्त रमित शर्माले पत्रकार बनेर आएकाहरुले गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।

अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले अधिकारीहरुलाई सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न निर्देशनसमेत दिएका छन् ।

सन् २००५ को जनवरीमा पूर्व विधायक राजु पालको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि लागेको थियो । तर सन् २००७ मा उमेशले प्रयागराजको धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिए ।

यो मुद्दामा सन् २०२३ को फेब्रअुरी २४ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो । उमेशको हत्यामा अतिकका छोरा असद अहमद संलग्न भएको बताइएको छ । असद अहमद र उनका साथी मोहम्मद गुलाम सन् २०२३ को अपि्रल १४ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह