2026-10-24 02:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने, ‘वर्क परमिट’ र रेजिडेन्सी बिना काम गर्न सकिने

बैशाख ३, कायरो | साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ । 

भिसा जारी गर्ने साउदीको ‘क्वीवा’का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन महिनाको समय सकिएपछि आवश्यकताअनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ । क्वीवा मानव संसाधन मन्त्रालय अन्तर्गत श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्ने विद्युतीय प्लेटफर्म हो । 

यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ । यो भिसामार्फत छोटो समयको कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने उल्लेख छ ।

अस्थाइ कामदार भिसा लिएका विदेशी श्रमिकलाई इकामा लिनुपर्ने आवश्यकता हुँदैन । यस्तै यो भिसा भइसकेपछि काम गर्नको लागि ‘वर्क परमिट’ र रेजिडेन्सीको आवश्यक पनि नपर्ने गल्फ न्युजले लेखेको छ । यो भिसाको लागि अनलाइन निवेदन दिएको लगत्तै भिसा जारी हुन्छ । यसमा थप ‘डकुमेन्टेशन’को आवश्यकता पर्दैन ।

साउदीले यसलाई एउटा कार्यक्रमकै रुपमा लिएको छ । साउदीमा सञ्चालित निजी कम्पनीहरुलाई तत्कालै छोटो समयको लागि विदेशी कामदार चाहिए भर्ति गर्न सजिलो होस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको हो ।

यस्तै, यो कार्यक्रमले साउदीकरणको अभियान (निताकत)मा फरक नपार्ने बताइएको छ । साउदीले पछिल्लो समय आफ्नै त्यहीँको नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता दिन थालेको छ । यो भिसा कार्यक्रमले त्यो अभियानमा कुनै फरक नपार्ने जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने