2026-09-28 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का

बैशाख ६, क्यानबेरा | गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ । 

अष्ट्रेलियामा आठ वर्षयता आएको सबैभन्दा शक्तिशाली चक्रवात इल्सामा परेका ती मछुवाराले आफूसँग अन्नपानी नहुँदा र आफ्नो डुङ्गासमेत डुबेपछि जीवन नै त्याग गरेका हुनसक्ने अष्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले बाँचेका मछुवारालाई उद्धृत गर्दै जनाएको छ । पुत्रीजया नामको डुङ्गा हिन्द महासागरमा डुबेको र त्यसमा सवार एक जनालाई तीस घण्टापछि उद्धार गरिएको थियो । 

एक्सप्रेस वान नाम गरेको अर्को डुङ्गाका मछुवारा भने आफ्नो वाहन डुबेपछि टापुमा बसिरहेका बेला नियमित हवाई गस्तीमा रहेको अस्ट्रेलियाली सीमा बलले उनीहरूलाई देखेको थियो । समुद्रीमार्ग भएर गैरकानुनी गतिविधि सञ्चालन गर्न उनीहरू त्यहाँ बसेको ठानेर हेलिकप्टरमा त्यहाँ गएका सुरक्षाकर्मीले आपतमा परेका उनीहरूलाई उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह