By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    12 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ३० वर्षको उमेरमै कसरी ‘मोस्ट वान्टेड’ बने खालिस्तानी नेता अमृतपाल सिंह ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > विश्व > ३० वर्षको उमेरमै कसरी ‘मोस्ट वान्टेड’ बने खालिस्तानी नेता अमृतपाल सिंह ?
विश्व

३० वर्षको उमेरमै कसरी ‘मोस्ट वान्टेड’ बने खालिस्तानी नेता अमृतपाल सिंह ?

साझासवाल
Last updated: April 23, 2023 8:12 am
साझासवाल
5 Min Read
Share

एजेन्सी | भारतमा ‘मोस्ट वान्टेड’ का रुपमा ३६ दिनदेखि प्रहरीले खोजी गर्दै आएका खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । ‘वारिस पञ्जाव दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको हो ।

पञ्जाव प्रहरीले आफ्नो ट्वीटर ह्यान्डलबाट दिएको जानकारी अनुसार सिंहलाई पञ्जावकै मोगाबाट गिरफ्तार गरेएको हो । यस अघि विभिन्न सहरमा भेष परिवर्तन गरेर उनी लुकीछिपी बस्दै आएको भनिए पनि प्रहरीले उनलाई फेला पार्न सकेको थिएन ।

उनको खोजीमा भारतका विभिन्न राज्यमा प्रहरीले ‘सर्च अपरेशन’ चलाएको थियो । उनका विरुद्ध तीन मुद्दा दायर छन्, जसमा दुई वटा मुद्दा ‘घृणा फैलाउने अभिव्यक्ति’सँग सम्बन्धित छ ।

३० वर्षीय अमृतपाललाई केही अघिसम्म जनरल सिंह भिंडरावालेको दोस्रो अध्यायका रुपमा चर्चा गरिन्थ्यो । भिंडरावालेले १९८० को दशकमा सिखका लागि पृथक देश ‘खालिस्तान’को माग अघि सारेका थिए, जसले सिङ्गो पञ्जावमा हलचल ल्याएको थियो ।

अमृतपाल सिंहले पनि भिंडरावालेकै शैलीमा ठुलो पगडी लगाउने र भिडलाई उक्साउने अभिव्यक्ति दिँदै आएको बताइन्छ ।

२९ सेप्टेम्बर २०२२ मा ‘वारिस पञ्जाव दे’ संगठनको पहिलो स्थापना दिवसका अवसरमा मोगा जिल्लाको रोडे गाउँमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम आयोजना हुने स्थलसमेत रणनैतिक हिसाबले चयन गरिएको बताइन्छ । किनकि उक्त गाउँ जनरल सिंह भिंडरावालेको पैतृक गाउँ हो । सोही कार्यक्रममा अमृतपाललाई संगठनको प्रमुख नियुक्त गरियो । त्यतिबेला अमृतपालले भिंडरावालेकै शैलीमा नीलो पगडी लगाउने र आफ्नो सेतो पोशाकमा सानो कृपाण राख्ने गरेका थिए । उनका भड्काउपूर्ण अभिव्यक्तिले पनि भिंडरावालेकै झल्को दिन्थ्यो ।

अमृतपाल सिंह कसरी आए चर्चामा ?

भारतीय अनलाइन समाचार पोर्टल स्क्रोल डट इनका अनुसार अमृतपाल एक वर्षअघिसम्म पञ्जाबमा चिनिएका व्यक्ति थिएनन् । सन् २०२० मा मोदी सरकारले कृषि सम्बन्धी तीन कानून ल्याएपछि त्यसविरुद्ध भएको किसान आन्दोलनका क्रममा अभियन्ता सन्दिप सिंहलाई सहयोग गर्दै सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गरेपछि अमृतपालको पक्षमा समर्थन बढ्न थालेको थियो ।

सन् २०२२ को मार्चमा एक्कासी ‘वारिस पञ्जाब दे’ संगठनको प्रमुख चुनिएको खबर आएपछि उनी थप चर्चाको केन्द्रमा आएका थिए । पहिले संगठनको नेतृत्व गरिरहेका सन्दीपको कार दुर्घटनामा निधन भएपछि अमृतपाल संगठन प्रमुख बनेका थिए ।

स्क्रोलमा प्रकाशित एक रिपोर्टिङ अनुसार ‘पञ्जाब डी’ सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको संगठन हो, त्यसबेला सन्दीपले यसलाई पञ्जाबको अधिकारका लागि केन्द्र सरकारविरुद्ध लड्नका लागि दबाव समूह भएको बताएका थिए ।

‘राज्यको संस्कृति, भाषा र जीवनशैलीमाथि भइरहेको हमलामाथि विरोध गर्नलाई यो दबाव समूह हो’, उनले भनेका थिए, ‘हिन्दु, मुस्लिम, शिख वा क्रिस्चियन यो सबैका लागि हो, पञ्जाबको अधिकारका लागि हो।’

अमृतपाल सिंह संगठन प्रमुख घोषणा हुनुअघि दुबईमा थिए । उनी त्यहाँ परिवारले झण्डै एक दशकदेखि चलाइरहेको यातायात व्यवसाय गरिरहेका थिए । संगठन प्रमुख घोषणा भएपछि उनी पञ्जाब फर्किएका थिए । संगठन प्रमुख चुनिएपछि उनले एक युट्युब च्यानललाई अन्तरर्वार्ता दिँदै भारतमा पञ्जाबमाथि उपनिवेशिक शासन रहेको बताएका थिए ।

केही भारतीय सञ्चारमाध्यमले उनलाई पाकिस्तानसँग समेत जोडेर समाचार प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्सले भारतीय गुप्तचर स्रोतलाई उद्धृत गर्दै उनलाई पाकिस्तानी खुफिया एजेन्सीबाट परिचालित व्यक्ति भएको आशंका गरिएको बताएको छ ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि उनलाई पाकिस्तानको समर्थन रहेको दाबी गरेका छन् ।

सूरी हत्याकाण्डपछि नाम चर्चामा

अमृतपाल सन् २०१२ मा दुबई गएका थिए । त्यहाँ उनले ट्रान्सपोर्टको कारोबार थाले । उनले सुरुवाती शिक्षा आफ्नै गाउँको विद्यालयबाट हासिल गरे । १२ कक्षासम्मको पढाइ गरेका उनको नाम गत वर्ष पञ्जावका शिवसेना नेता सुधीर सूरीको हत्याकण्डमा मुछियो । सूरी परिवारले हत्याकाण्डमा अमृतपाल सिंहको नाम समावेश गर्न माग गरेको थियो । त्यसपछि प्रहरीले अमृतपाललाई मोगामा नजरबन्द गरेको थियो ।

प्रहरी चौकीमा हमला

पञ्जावको अमृतसरमा २३ फेब्रुअरीमा अमृतपाल सिंहका समर्थकले अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । सो घटनामा ६ प्रहरी घाइते भए । अमृतपालका अनुसार उनका एक सहयोगीलाई केही अघि प्रहरीले गिरफ्तार गरेको थियो । लवप्रित तुफान नाम गरेका ती व्यक्तिको रिहाइका लागि यसरी उग्र प्रदर्शन गरिएको थियो । स्थिति सामान्य बनाउन प्रहरीले तुफानलाई रिहा गरिदियो तर त्यसपछि अमृतपाल र उनका सहयोगीलाई कारवाहीको दायरामा ल्याउन ‘एक्सन प्लान’ तयार गर्न थाल्यो ।

रुपनगर जिल्लाको चमकौर साहिव निवासी वरिन्दर सिंहलाई कथित रुपमा अपहरण गरेको र कुटपिट गरेको आरोपमा प्रहरीले अमृतपाल सिंह र उनका सहयोगीविरुद्ध मुद्दा दायर ग¥यो । प्रहरीले उनका सहयोगीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो । घरेलु हतियार लिएर अमृतपाल सिंहको नेतृत्वमा ठुलो संख्यामा उनका समर्थक प्रहरी कार्यालयमा प्रवेश गरे । ठुलो संख्यामा प्रहरी तैनाथ रहेका कारण उनका समर्थकहरु प्रहरी कार्यालय मै धर्नामा बसे ।

अमृतपालविरुद्ध समाजमा शत्रुता फैलाएको, हत्या प्रयास गरेको, प्रहरीमाथि हमला गरेको र सरकारी काममा बाधा सिर्जना गरेको आरोप छ । केही समयअघि उनी नेपालमा आएर लुकेको भन्नेबारे चर्चा समेत भएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article लुम्बिनीमा बुद्धजयन्तीको तयारी
Next Article चितवनको नयाँ किरण कमल कुसुम मावि मतदान केन्द्रको मतदान अवरुद्ध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

मुम्बईमा पुल भत्किदाँ ६ जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMविश्व

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

57 years ago
काठमाडौँ - KTMविश्व

जापानमा कोभिड–१९ बाट थप सङ्क्रमित हुनेको सङ्ख्या पहिलो पटक ९२०

57 years ago
काठमाडौँ - KTMविश्व

भारतमा पनि देखियो कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?