2026-10-24 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान म्यान्मारमा

वैसाख ११, याङ्गुन | संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन ‘कू’ बाट उत्पन्न सङ्कट अन्त्यका लागि कूटनीतिक प्रयासका लागि म्यानमार भ्रमणमा आउनुभएको छ । 

म्यान्माको ‘कू’ पछि देखिएको द्वन्द्वको अवस्थालाई अन्त्य गरी शान्ति स्थापनार्थ उहाँ सोमबार म्यानमारको राजधानी नेपिडो आउनुभएको हो । 

सेनाले सन् २०२१ मा गरेको ‘कू’ बाट उत्पन्न संकट अन्त्य का लागि कूटनीतिक प्रयास हरू रोकिएका छन्, असहमतिमाथि क्रूर दमनको अन्तर्राष्ट्रिय आलोचनालाई बेवास्ता गरेको जुन्टाले आफ्ना विरोधीहरूसँग संलग्न हुन इन्कार गरेको छ ।

म्यान्मारका सञ्चारमाध्यमले बानको भ्रमणबारे विस्तृत जानकारी नदिए पनि उहाँ नेल्सन मण्डेलाले स्थापना गरेको ‘द एल्डर्स’ समूहका सदस्य हुनुहुन्छ । 

म्यान्माको राज्य सञ्चालित समाचार संस्था ग्लोबल न्यू लाइट अफ म्यान्माका अनुसार बान र उहाँको टोली ‘आइतबार साँझ हवाई मार्गबाट नेपिडो आइपुग्नुभएकोे’ हो ।

उहाँलाई रक्षा र विदेश मामिलाका उपमन्त्रीहरूले भेट्नुभएको छ तर सेना शासित देशका सञ्चारमाध्यमले यसबारे विस्तृत विवरण उपलब्ध गराएका छैनन् । 

सरकारी टेलिभिजनको बुलेटिनमा बान ले क्यामेरातर्फ फर्केर हात हल्लाउँदै केही अधिकारीसहित विमानस्थल पुगेको देखाइएको थियो ।

एएफपीले बानको भ्रमणबारे टिप्पणीका लागि द एल्डर्ससँग सम्पर्क गरेको छ ।

दक्षिण कोरियाली विदेशमन्त्रीसमेत रहेका बानले संयुक्त राष्ट्रसङ्घको महासचिव हुँदा कैयौँ पटक म्यान्माको भ्रमण गर्नुभएको थियो । 

सन् २००९ मा उहाँले आङ सान सुकीलाई रिहा गर्न तत्कालीन जुन्टा नेता थान श्वेलाई दबाब दिन भ्रमण गर्नुभएको थियो तर जनरलले प्रजातन्त्र समर्थक नेतालाई भेट्ने उहाँको प्रयासलाई निर्लज्जतापूर्वक अस्वीकार गरेका थिए ।

सन् २०१६ मा, सुकी जेलबाट बाहिर निस्केपछि र म्यान्मारको वास्तविक नागरिक नेताको रूपमा सेवा गरेपछि, उहाँ देशको असङ्ख्य जातीय विद्रोही समूहहरूसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न उहाँको प्रयासको लागि अन्तर्राष्ट्रिय समर्थनलाई बलियो बनाउन फेरि म्यानमार आउनुभएको थियो । 

सन् २०२१ मा भएको ‘कू’ को सुरुआतसँगै सुकीलाई फेरि हिरासतमा लिइएको छ । देशलाई उथलपुथलमा डुबाएको छ र अर्थतन्त्रलाई धराशायी बनाएको छ । 

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत नोएलीन हेइजरले गत वर्षको अगष्टमा म्यान्मा भ्रमणका क्रममा सुकीसँग भेटवार्ता गर्न आग्रह गर्नुभएको थियो । 

सेनाले उक्त अनुरोधलाई अस्वीकार गरेको थियो र हेजरले पछि नोबेल पुरस्कार विजेतालाई भेट्ने अनुमति नदिएसम्म उहाँ फेरि देश भ्रमण नगर्ने वचन दिनुभएको थियो । 

जुन्टाले गत डिसेम्बरमा सुकीको बन्द अदालती सुनुवाइको शृङ्खलाबद्ध रूपमा पूरा गरेको थियो र उहाँलाई कुल ३३ वर्षको जेल सजाय सुनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने