2026-09-28 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

वैशाख १४, काठमाडौँ | बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताउनुभएको छ । 

बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताउनुभयो । 

एएनआईसँगको कुराकानीमा बौद्धगुरु रिम्पोछेले गत साताको शिखर सम्मेलनबाट बौद्धधर्मको सारलाई विश्वमा फैलाउन योगदान पुगेको बताउँदै सम्मेलनबाट आफूलाई पनि सिक्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । बुद्धधर्मको प्रादुर्भाव नेपालबाट भएको तथा यो धर्मको मुख्य सन्देश प्रेम र करुणा भएको उहाँले बताउनुभयो । 

“बुद्धधर्मका सन्दर्भमा नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ, यो धर्मले दुवै देशलाई एकताबद्ध गरेको छ । हाम्रा निम्ति बुद्धधर्मको जननी नेपाल र जनक भारत हो,” नेपाल र भारतबीचको निकट छिमेक सम्बन्धका साथै धार्मिक सम्बन्धबारे चर्चा गर्दै तिब्बती गुरूले भन्नुभयो । बुद्धधर्मबारे नेपाल र भारतबाट धेरै शिक्षा पाइने बताउँदै उहाँले नेपालमा जन्मनु भएका बुद्धले भारतका धेरै स्थानमा यसको प्रचार गर्दै धेरै शिष्यलाई ज्ञान दिनुभएको आफ्नो बुझाइ सुनाउनुभयो ।

संस्कृति मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अतिथि देवो भवः’ बुद्धभूमिको परम्परा भएको तथा बुद्धका आदर्शबाट प्रेरित भएर जीवन बिताएका धेरै व्यक्तिको सम्मेलनमा भएको उपस्थितिले बुद्धको वरिपरि आफू रहेको अनुभूत भएको उल्लेख गर्नुभएको थियो । उहाँले बुद्ध व्यक्तिभन्दा पनि विचार हो भन्ने आफूलाई लागेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह