२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदी क्लबबाट मेस्सीलाई ३२ करोड पाउण्डको लोभलाग्दो प्रस्ताव

२०८०, २१ बैशाख बिहीबार १०:५९

एजेन्सी | अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् ।

यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ । टेलिग्राफ स्पोर्टसका अनुसार, साउदी सरकारले आफ्नो देशको ब्यवसायीक क्लबमा मेस्सीलाई आबद्ध गर्न ३२ करोड पाउण्ड वार्षीक पारिश्रमिकको प्रस्ताव गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब ५२ अर्ब ४१ करोड रुपैयाँ हुन आउँछ ।  विश्व क्लब फुटबलको इतिहासमा साउदी अरबियाले मेस्सीलाई प्रस्ताव गरेको पारिश्रमिक अत्यन्तै लोभलाग्दो हो । साउदीको प्रस्ताव आकर्षक भएकाले मेस्सी पनि त्यसमा सहमत हुने अनुमान गरिएको छ । उक्त प्रस्तावले मूर्त रुप लिएमा मेस्सी यही समरमा साउदी क्लबमा आबद्ध हुनेछन् ।


चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि साउदीकै क्लबबाट ब्यवसायीक फुटबल खेल्छन् । यस विषयमा मेस्सीका पिताले साउदीको प्रतिनिधिसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । पीएसजीसँग मेस्सीको सम्झौता आगामी जुनको अन्त्यमा सकिँदै छ । साउदीले मेस्सीलाई प्रस्ताव गरेको वार्षिक पारिश्रमिक रोनाल्डोलाई साउदी क्लब अल नसरले दिएको भन्दा १६ करोड ५० लाख पाउण्ड बढी हो । रोनाल्डोले गत डिसेम्बरमा सन् २०२५ सम्मका लागि साउदी क्लब अल नसरसँग सम्झौता गरेका छन् ।

पछिल्लो समय साउदीले आफ्नो घरेलु लिगमा विश्वका चर्चित खेलाडीहरूलाई ठुलो पारिश्रमिक दिएर भित्राउने नीति लिएको छ । बार्सिलोनाका पूर्वखेलाडी मेस्सीलाई थप एक वर्ष पीएसजीमै राख्न पनि प्रयास भइरहेको दाबी टेलिग्राफ स्पोर्टसले गरेको छ । तर, साउदीको प्रस्ताव निकै आकर्षक भएकाले मेस्सी एसियातर्फ नै लाग्ने दाबी समाचारमा गरिएको छ । रोनाल्डोको क्लब अल नसर हाल साउदीको ब्यवसायीक लिग तालिकामा दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने अल इत्तिहाद क्लब रहेको छ । अल नसर क्लबको चिर प्रतिद्वन्द्वी क्लब भने अल हिलाल हो । त्यसैले पनि अल हिलालले नै मेस्सीलाई भित्राउन खोजेको अनुमान गरिएको छ ।

यद्दपि, मेस्सीलाई कुन क्लबले भित्र्याउन लागेको हो भन्ने विषयमा स्पष्ट रूपमा केही खुलाइएको छैन । अल नसर र अल हिलालबीचको सम्बन्ध स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडको जस्तै छ । कुनै समय मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडबाट ब्यवसायीक फुटबल खेल्थे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए