2026-09-28 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पीएसजीमा अनिश्चित मेसीको भविष्य: अबको यात्रा बार्सिलोना, साउदी अरबिया कि मियामी ?

बैशाख २२, काठमाडौँ | लियोनल मेसीले यो सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् । पीएसजीले दुई हप्ताका लागि निलम्बन गरेको भोलिपल्ट नै स्टार अर्जेन्टिनी फरवार्ड मेसी क्लबमा रहने कि नरहने भन्ने आशंका गरिएको थियो ।

तर, उनका बुवा जर्जले केही महिनाअघि पीएसजीलाई मेसीले यो सिजनको अन्त्यमा पीएसजी छोड्न चाहेको बताएका थिए । त्यसैले पनि उनले यो सिजनको अन्त्यमा पीएसजी छोड्ने पक्का जस्तै छ ।

बार्सिलोनाले पनि मेसीलाई पुनः टीममा भित्र्याउन चाहिरहेको छ । तर, बार्सिलोनासँगको अर्थिक मन्दीका कारण उनी त्यतै फर्किन असम्भव जस्तै छ ।

बार्सिलोनाले क्लबमा रहेका गाभी, रोनाल्ड अरौजो, अलेजान्ड्रो ब्लादे, मार्कोस अलोन्सो र सेर्जि रोबर्टोसँग नयाँ सम्झौता गर्न बाँकी छ । बार्सिलोनाको आर्थिक स्थितिका कारण यी खेलाडीहरुलाई लालिगाको तलब नियमका अनुसार सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ ।

उनलाई अरु क्लबहरुले महँगो मूल्यमा भित्र्याउन चाहेका छन् । साउदी अरबियन क्लब अल हिलालले मेसीलाई वार्षिक ३५० मिलियन यूरो प्रस्ताव गरेको छ । बाँकी एक वर्ष पीएसजीमा रहने सम्भावना रहँदा विश्वमा ५८औं स्थानमा रहेको साउदी प्रो-लिग खेल्न जानु उनको लागि उत्कृष्ट विकल्प पक्कै होइन ।

मेसी सन् २०२४ मा अमेरिकामा आयोजना हुने कोपा अमेरिकासम्म यूरोपमै बस्न चाहन्छन् । उनको त्यो सोच अहिले परिवर्तन भएको हुन पनि सक्छ ।

यस्तै डेबिट बेकहामको इन्टर मियामी क्लबमा पनि मेसीलाई भित्र्याउने कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उठाइरहेका छन् ।

सउदी अरबियाको पर्यटन दूत रहेका मेसी क्लबको अनुमति नलिई दुई दिन साउदी भ्रमणमा गएका थिए । त्यसैले पीएसजीले उनलाई दुई हप्ताका लागि निलम्बन गरेको छ । यो दुई हप्तामा उनले तलब पनि पाउनेछैनन् र टीमसँग प्रशिक्षण गर्न पनि पाउने छैनन् ।

करिब दुई महिनाको अन्योल र बहसपछि मेसीको पीएसजीसँगको सम्झौता यही जुनमा सकिने पक्का छ । उनी सन् २०२१ मा २ वर्षको सम्झौता गर्दै बार्सिलोनाबाट पीएसजी भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह