2026-09-28 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

वैशाख २६, काठमाडौं | पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो ।

उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धकाे भ्रष्टाचार मुद्दाकाे सुनुवाइमा उपस्थित हुने क्रममा अदालतकाे गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले जनाएको रोयटर्सले लेखेको छ ।

खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।

गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।

खान २ वटा मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका थिए । उक्त भिडिओ सार्वजनिक गरेको ४ घण्टा पस्स्चात उनलाई पक्राउ गरिएको हो ।

अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई पक्राउ गरिएको रिपोर्टमा उल्लेख छ । यो एक विश्वविध्यालयसँग सम्बन्धित मुद्दा हो ।

इमरानले प्रधानमन्त्री हुँदा गैरकानूनी रूपमा यस विश्वविद्यालयलाई करोडौं मूल्यको जग्गा दिएको आरोप छ । अल कादिर विश्वविध्यालयमा इमरान खान र उनकी श्रीमती मात्र ट्रस्टी रहेका छन् ।

यो प्रकरण पाकिस्तानका सबै भन्दा धनाड्य व्यक्ति मलिक रियाजले सार्वजनिक गरेका थिए । उनले इमरान र उनकी श्रीमतीले पक्राउको डर देखाएर अर्बौं रुपैयाँको जग्गा आफ्नो नाममा लिएको आरोप लगाएका थिए ।

पछि रियाज र उनकी छोरीबीचको कुराकानीको अडियो समेत लिक भएको थियो । जसमा रियाजकी छोरीले इमरानकी श्रीमती बुशरा बीबीले लगातार पाँच क्यारेटको हीराको औंठी मागेको बताएकी छिन ।

पाकिस्तानी संचार माध्यमहरुका अनुसार इमरानको पार्टी पीटीआईले गिरफ्तारीको पुष्टि गरेको छ भने पार्टीका नेता मुसररत चीमाले एक भिडिओ सन्देश जारी गर्दै इमरानलाई यातना दिईएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह