2026-09-28 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बाइक राइड पछि ट्राफिकको कारवाहीमा अमिताभ बच्चन र अनुष्का शर्मा !

जेठ ४, काठमाडौँ । मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना गरेको छ ।

वास्तवमा केही दिनअघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी बाइकमा सवार देखिन्छन्। लिफ्ट लिएर कतै जाँदै गरेका अमिताभ र बाइक चालक दुबैले हेलमेट लगाएका छैनन् ।

यसलगत्तै सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको एउटा भिडियो पनि शेयर भएको थियो। सो भिडियोमा उनी बाइकमा बसेकी देखिएकी थिइन् । अनुस्का र उक्त बाइकका चालकले पनि हेल्मेट लगाएका थिएनन्।

 यसै कारण दुवै स्टार सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेका छन् । मानिसहरूले मुम्बई पुलिसलाई ट्याग गरेर यो कुरा उठाएका थिए।

‘हेल्मेट बिना मुम्बईको सडकमा हिँडेकोमा अमिताभ र अनुष्का दुवैलाई बाइक चालकको माध्यमबाट जरिवाना लगाइएको छ’, एक वरिष्ठ प्रहरी अधिकारीले भने।

मुम्बई ट्राफिक पुलिसले ट्विटरमा दुबै सवारीका चालकहरूलाई जारी गरिएको चालानको प्रतिलिपि पनि साझा गरेको छ।

पुलिस अधिकारीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको गुनासोलाई ध्यानमा राख्दै, प्रहरीले मोटरसाइकल चालकलाई चालान जारी गर्यो र १० हजार ५ सय भारु जरिवाना लगायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह