2026-09-27 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानलाई उछिन्दै सबैभन्दा ठुलो कार निर्यात गर्ने देश बन्यो चीन

एजेन्सी | चीनले आफू विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश भएको बताएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको छ ।

यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश थियो । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार निर्यात गरेको छ ।

यो सन् २०२२ को पहिलो तीन महिनाको तथ्याङ्कभन्दा ५८ प्रतिशत बढी हो ।

जापानले यस वर्षको पहिलो तीन महिनामा ९ लाख ५४ हजार १८५ कार निर्यात गरेको छ ।

यो सन् २०२२ को पहिलो तीन महिनामा भएको निर्यातको तुलनामा ६ प्रतिशत बढी हो ।

रसियामा विद्युतीय कारको माग र कारको बिक्रीमा भएको वृद्धिका कारण चीनको निर्यात बढेको हो ।

गत वर्ष चीनले जर्मनीलाई उछिन्दै विश्वको दोस्रो ठुलो कार निर्यात गर्ने देश बनेको थियो । भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२२ मा चीनले ३२ लाख गाडी निर्यात गरेको थियो ।

जबकि जर्मनीले २६ लाख गाडी निर्यात गरेको थियो । वास्तवमा, चीनको कार बजारले विश्वव्यापी रूपमा विद्युतीय कारहरूको बढ्दो मागको फाइदा पाइरहेको छ ।

टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठुलो न्यु एनर्जी ह्विकल गाडीको निर्यातक हो ।

टेस्लाको संघाइमा निकै ठुलो इलेक्ट्रिक कार प्लान्ट छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह