2026-09-26 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आजकै दिन : एलिजाबेथले पहिरिएकी थिइन् राजमुकुट

जेठ १९, काठमाडौँ | सन् १९५३ मा आजकै दिन (जुन २) मा बेलायती महारानी एलिजाबेथ द्वितीयले राजमुकुट ग्रहण गरेकी थिइन् । बेलायती सम्राटलाई उनको कार्यकालमा एकपटक मात्र राजमुकुट पहिराइन्छ । 

वर्तमान राजा चार्ल्स तृतीय उक्त राजमुकुट पहिरिने सातौं बेलायती शासक हुन् । २०२२ को सेप्टेम्बर ८ मा एलिजाबेथको मृत्युपछि उनका जेठा छोरा चार्ल्स तृतीय राजा बनेका हुन् । चार्ल्सभन्दा अघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौं अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

राजा जर्ज छैटौंको निधन भएपछि एलिजाबेथ द्वितीय १९५२ फेब्रुअरी ६ मा बेलायतकी महारानी भएकी थिइन् । १९२६ को अप्रिल २१ जन्मिएकी एलिजाबेथले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् ।

सात दशकसम्म एकछत्र गद्दीमा रहेकी एलिजाबेथ बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्रप्रमुख थिइन् । जीवनकालमा थुप्रै उतारचढाव सामना गरेकी एलिजाबेथले विभिन्न रेकर्ड पनि कायम गरेकी थिइन् ।

एक सय २० देशको भ्रमण गरेकी एलिजाबेथले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह