2026-09-27 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ऐतिहासिक तेहेरो उपाधि जित्नेमा आत्मविश्वासी हालान्ड

जेठ १९, काठमाडौँ | म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो क्लबलाई ऐतिहासिक तेहेरो उपाधि जिताउन जे पनि गर्ने बताएका छन् । सिटीले यसवर्ष प्रिमियर लिग जितेको छ । त्यसपछि शनिबार एफए कपको फाइनलमा म्यान्चेन्स्टर यूनाइटेड र जुन १० मा हुने च्याम्पियनन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराए किर्तीमान तेहेरो उपाधि जित्नेछ ।

यसअघि, तेहेरो उपाधि सन् १९९९मा यूनाइटेडले जितेको थियो । त्यसैले तेहेरो उपाधि जित्ने एकमात्रै इङलिस क्लब यूनाइटेड हो । यो वर्ष यूनाइटेडको कीर्तिमान बराबरी गर्ने अवसर सिटीलाई रहेको छ । ‘यो इतिहास रच्नु अविश्वासनिय हुनेछ,’ २२ वर्षीय हालान्डले भने ।

घरेलु प्रतियोगितामा वर्चश्व कायम गरेपनि सिटीले अहिलेसम्म च्याम्पियन्स लिग भने, जित्न सकेको छैन । त्यसैले यूरोपको प्रतिष्ठित प्रतियोगिता जित्न आफु सिटीका लागि भाग्यशाली बन्ने हालान्डले आशा राखेका छन् ।

‘पक्कैपनि उनीहरुले च्याम्पियन्स लिग जित्नकै लागि मलाई ल्याएका हुन् । यसमा लुकाउनुपर्ने कुरा केहिपनि छैन,’ हालान्डले बीबीसीका रिपोटरसँग भने ।

‘तेहेरो उपाधि जित्नुले धेरै अर्थ राख्छ, म यसका लागि आफुले गर्नसक्ने सबै गर्छु । यो मेरा लागि ठूलो सपना हो र पक्कै मेरो सपना पुरा हुन्छ भन्ने आशा गरेको छु,’ उनले थपे । ‘यद्यपी यो यात्रा सहज भने छैन । दुई राम्रो टिमहरुसँग फाइनल खेल्नुपर्नेछ । उनीहरुपनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनकै लागि आउनेछन्,’।

आर्सनलाई पछि पार्दै पेप ग्वार्डिओलको नेतृत्वमा सिटीले यो सिजनसहित लगातार तीन पटक प्रिमियर लिगको उपाधि उचाल्यो । सिटीको जितमा हालान्डले ३६ गोल गरे ।

‘पुरै सिजन कडा मेहेनत गरेका थियौं । प्रिमियर लिग जित्दा धेरै आनन्द भयो । अब बाँकी दुई वटा फाइनल छन् । हामी अहिले ‘भ्याकेसन’ अघि यसैमा केन्द्रित छौँ,’ हालान्डले भने ।

जर्मन क्लब बुरोसिया डर्टमन्डबाट गत वर्षको समरमा इङलिस फुटबल प्रवेश गरेका हालान्डले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरे । उनले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी गोल गर्नै खेलाडीको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाए । उनले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह