2026-09-27 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्वीटरले प्रयोगकर्तालाई दिंदैछ ६५ करोड रुपैयाँ

एजेन्सी | माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्तालाई ६५ करोड रुपैयाँभन्दा धेरै रकम दिने भएको छ ।

ट्वीटर कम्पनीका मालिक एलन मस्कले शुक्रबार एक ट्वीट गर्दै ट्वीटरका भेरिफाइड कन्टेन्ट क्रियटर्सलाई उनीहरुको रिप्लाइ आउने विज्ञापनका लागि निश्चित रकम प्रदान गरिने घोषणा गरेका हुन् । त्यसमध्ये पहिलो चरणमा करिब ५० लाख डलर अर्थात् करिब ६५ करोड रुपैयाँ वितरण गरिनेछ ।

मस्कले आफ्नो ट्वीटमा भनेका छन्- आगामी केही हप्ता भित्रैमा सर्जकहरुलाई उनीहरुको ट्वीटर प्लाटर्फमको रिप्लाइमा देखिने विज्ञापनवापतको रकम चुक्ता गरिनेछ । पहिलो किस्ताको भुक्तानी कुल ५० लाख डलरको हुनेछ । साथै मस्कले भेरिफाइड अकाउन्टवाला सर्जकले मात्रै तथा भेरिफाइड प्रयोगकर्ताका अकाउन्टमा हुने विज्ञापनका लागि मात्रै पैसा दिइने बताएका छन् ।

ट्वीटरमा नवनियुक्त सीईओ लिन्डा याकारिनोले पदभार ग्रहण गर्न लागेको समयमा मस्कले यस्तो घोषणा गरेका हुन् । गत अक्टोबरमा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गरेसँगै ट्वीटरमा विज्ञापनदाताहरुलाई टिकाउनै मुस्किल परेको छ ।ट्वीटरले हजारौं कर्मचारी कटौती गरेसँगै आफ्ना विज्ञापनहरु कुन स्थापनमा प्रकाशित गरिने हुन् भन्नेमा विज्ञापनदाताहरु चिन्तित देखिएका छन् ।  -रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह