2026-10-24 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कपिल शर्मा शोमा काम गरिसकेका कमेडियन तीर्थानन्दले फेसबुक लाइभमा गरे आत्महत्या प्रयास

एजेन्सी | अभिनेता कपिल शर्मासँग कमेडी शोमा काम गरिसकेका कमेडियन तीर्थानन्द रावले सामाजिक सञ्जाल लाइभमार्फत आत्महत्या गर्ने प्रयास गरेका छन् । यति बेला सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन गरेर प्रहरीलाई जानकारी दिए । 

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार फोन आएपछि प्रहरी सिधै उनको घर पुगे र तीर्थानन्दलाइ नजिकैको एक अस्पतालमा लिएर गए । घटनास्थल पुगेका हवलदार मोरेले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा त्यहाँको स्थिति वर्णन गर्दै भने, ‘फोन आउने बित्तिकै हामी मिरा रोडस्थित शान्ति नगरस्थित बी ५१ बिल्डिङको फ्ल्याट नम्बर ७०३ मा पुगेका थियौँ । त्यहाँ पुग्दा फ्ल्याटको ढोका खुलै थियो र एउटा कुकुर पनि थियो । हामीले बोलाउँदा तीर्थानन्द आधा बेहोस थिए । हामीले उनलाई तत्काल अस्पताल लग्यौँ ।’

फेसबुक लाइभ भिडियोमा, तीर्थानन्द रावले आफ्नो लाइभ-इन पार्टनरलाई “ब्ल्याकमेल” र “फिरौती” को आरोप लगाएका छन्।

के हो घटना ?

तीर्थानन्दले आफ्नो यो अवस्थाका लागि एक महिलालाई जिम्मेवार बताइरहेका छन् । तीर्थानन्दले फेसबुक लाइभमा भनेका छन्, ‘केही महिना अघि मेरो भेट एक महिलासँग भएको थियो । उनका दुई छोरी छन् । हामी लिभ इनमा बसिरहेका थियौँ । त्यति नै बेला मलाई थाहा भयो कि उनी यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् । म उनीबाट टाढिन चाहन्थेँ । यसैबीच ती महिलाले मलाई धम्की दिन थालिन् । उल्टै उनले ममाथि मुद्दा दर्ता गरिन् । मुद्दाको डरले म लामो समयदेखि सबैबाट भाग्दै हिँडिरहेको छु । धेरै दिन भयो, आफ्नै घर जान पनि सकिरहेको छैन र फुटपाथमा सुत्न बाध्य थिएँ । यस्ता कुराबाट म आजित भइसकेको छु, त्यसैले म आत्महत्या गर्न चाहन्छु ।’

यसअघि पनि गरेका थिए आत्महत्याको कोसिस, छिमेकीले बचाएका थिए ज्यान

करिब दुई वर्ष अघि पनि तीर्थानन्दले २७ डिसेम्बर २०२१ बेलुका विष खाएर आत्महत्याको कोसिस गरेका थिए । छिमेकीलाई शङ्का लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । त्यति बेला उनले कोरोनाका कारण काम नपाएपछि यस्तो कदम उठाएको बताएका थिए । 

हिन्दी फिल्म उद्योगमा उनलाई नाना पाटेकर जस्तै देखिन्छ भन्ने गरिन्छ । सोसल मिडियामा पनि उनको आधिकारिक नाम जुनियर नाना पाटेकर नै छ । उनले थुप्रै पटक नाना पाटेकरको बडी डबलको रूपमा पनि काम गरेका छन् । यसबाहेक तीर्थानन्द द कपिल शर्मा शोमा पनि देखिइसकेका छन् । जनवरीको महिनामा उनले अभिषेक बच्चनसँग एउटा फिल्म पनि सुटिङ पुरा गरेका छन् । तीर्थानन्द मार्च महिनादेखि बेरोजगार बसिरहेका छन् । यसैबीच उनको रक्सी पिउने लत पनि निकै बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने