2026-09-27 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवाद, ट्रोलिङका बीच दुई दिनमा ‘आदिपुरुष’ को कमाई २४० करोड भारु

असार ४, काठमाडौँ | ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। नेपालमा भने सोमबारदेखि प्रदर्शन रोकिएको छ। 

‘आदिपुरुष’ प्रदर्शन भएसँगै विवाद भइरहेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद राखिएको भन्दै विरोध गरेका थिए।

त्यस्तै, भारतमा पनि कमजोर भिएफएक्स र कमजोर संवादका कारण आलोचना भइरहेको छ। तर पनि फिल्मको कमाइमा खासै असर परेको छैन। 

फिल्मले विश्वभरबाट दुई दिनमा २४० करोड भारू कमाइ गरेको छ। १४० करोड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १०० करोड कमाएको हो। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्रै ३७ करोड २५ लाख भारू कमाएको थियो।  

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यो फिल्म ६ सय करोड भारूमा बनेको हो। पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारूमा बनेको बताइएको थियो। पुनः भिएफएक्स भएसँगै फिल्मको बजेट बढेको हो। योसँगै ‘आदिपुरुष’ भारतकै महँगो फिल्म भएको छ।

यो फिल्म हिन्दी तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह