2026-09-27 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नक्साबारेको धारणा रातदिन सोधिराख्नु आवश्यक छैन : परराष्ट्रमन्त्री साउद

असार ५, काठमाडौँ | परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भारतले बनाएको नयाँ संसद भवनभित्र राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभाग पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताए ।

अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको उनले जानकारी गराए । मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पार्नुभयो । उहाँले अखण्ड भारतको नक्साभन्दा पनि चित्र भएको बताए । दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताए ।

‘हामीले हमेसा विवाद बनाइराख्नु र नेपालको अफिसियल पोजिसन भएका मान्छेलाई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन । संविधान संशोधन गरेर संसदले पास गरेको छ । संविधानको अनुसूची ३ मा नेपालको निसान छाप अध्यावधिक गरिएकोले सरकार र जनताको प्रतिबद्धता स्पष्ट छ । अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा सामराज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको समितिलाई जानकारी गराउँछु’, मन्त्री साउदले भने ।

उनले थपे, ‘भारतको नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ । दुई देशको संवेदनशील विषयमा एउटा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह