2026-07-24 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीको अमेरिका भ्रमणका पाँच महत्त्वपूर्ण तथ्य

एजेन्सी | भारतीय प्रधानमन्त्री दिन दिने अमेरिकी भ्रमणमा छन् । हिजो अमेरिकी जमिन टेकेका मोदी अब अमेरिकी अधिकारीहरूसँग बाक्लो भेटघाटमा छन् । जुन २१ देखि २४ सम्मको मोदीको अमेरिकी भ्रमणका पाँच महत्त्वपूर्ण तथ्य यस्ता छन्

१. मोदीको पहिलो राजकीय भ्रमण

मोदी प्रधानमन्त्री भएपनि पटक पटक अमेरिका पुगेका छन्। सन २०१४ मा सत्तामा आएपछि मोदी छ पटक अमेरिका पुगिसके । तर, अहिलेको भ्रमण पहिलो राजकीय भ्रमण हो ।

राजकीय भ्रमणमा जानु अगाडिका भ्रमण भने विभिन्न बहुपक्षीय तथा संयुक्त राष्ट्रसंघका कार्यक्रममा जाँदा भएका थिए । भारतकै पनि अमेरिकाको राजकीय भ्रमण गर्नेहरूमा मोदी तेस्रो अनुहार हुन् । पहिलो अनुहार राष्ट्रपति डाक्टर सर्वपल्लि राधाकृष्णान हुन् । उनले सन १९६३ मा भ्रमण गरेका थिए । दोस्रो मनमोहन सिंह हुन् । उनले सन २००९ मा भ्रमण गरेका थिए ।

२. बाइडेनले राजकीय भ्रमणमा बोलाएका तेस्रो नेता

मोदीको अमेरिकी राजकीय भ्रमण स्वयं मोदीलाई महत्त्वपूर्ण छ किनभने यो उनको पहिलो अमेरिकाको राजकीय भ्रमण हो ।

मोदीको व्यक्तिगत बाहेक भारतलाई पनि यो भ्रमण महत्त्वपूर्ण हो किनभने उनी जो बाइडेन सत्ताले बोलाएका तेस्रो राजकीय भ्रमणका अतिथि हुन् । यस अगाडि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, दक्षिण कोरियाली राष्ट्रपति युन सुक युएल पछिका तेस्रो अनुहार हुन् । भारतले एसियामा अमेरिकाको महत्त्व पाएको यसले देखाएको छ ।

३. अमेरिकी सदनमा दोस्रो पटक सम्बोधन गर्ने पहिलो भारतीय

सन २०१६ मा बाराक ओबामा राष्ट्रपति भएको समयमा मोदीले दुवै अमेरिकी सदनमा सम्बोधन गरेका थिए ।

सात वर्षपछि बाइडेन कालमा पुनः मोदीले सम्बोधन गर्ने भएका छन् । अमेरिकी दुई सदनमा दुई पटक सम्बोधनको मौका पाउने मोदी एसियाका प्रथम सरकार प्रमुख हुन् । यस अगाडि बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिल र दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाले मात्रै दुई पटक सम्बोधन गर्ने मौका पाएका थिए ।

४. योग दिवसलाई संयुक्त राष्ट्रसंघ मुख्यालयमा मनाउने मौका

योगलाई संयुक्त राष्ट्रसंघबाट मान्यता दिएर अन्तर्राष्ट्रिय योग दिवस बनाउन मोदीको महत्त्वपूर्ण योगदान छ । मोदी सरकार आएकै साल २०११ डिसेम्बर ११ मा संयुक्त राष्ट्रसंघले हरेक वर्षको २१ जुनमा योग दिवस मनाउने घोषणा गर्‍यो ।

पहिलो योग दिन मनाउन २०१५ जुन २१ मा मोदी ज्यादै सक्रिय भए । सबैभन्दा धेरैले योग गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्डहरु समेत बने ।

अमेरिकी राजकीय भ्रमणकै दौरानमा न्यू योर्कमा मुख्यालय भएको संयुक्त राष्ट्रसंघमा मोदीकै अगुवाइमा योग दिवस मनाइँदैछ ।

भारतले आफ्नो सफ्ट पावरको रुपमा प्रयोग गरेको योगलाई मोदीले भरपुर प्रयोग अमेरिकी भ्रमणमा पनि गरिरहेका छन् ।

५. युक्रेन मुद्दादेखि प्रजातन्त्रको मुद्दामा लफडा

अमेरिकाको राजकीय भ्रमण महत्त्वपूर्ण भएपनि समस्यारहित भने छैन ।

अमेरिकाले क्वाडदेखि विश्व प्रजातन्त्र सम्मेलनको नाममा रुस र चीन एक्लाउने रणनीति लिएको छ । त्यसमा भारतको कडा साथ अमेरिकाले खोजेको छ । चाहे रुसको युक्रेन आक्रमणमा विरोध गर्न होस् वा भारत नेटोको सदस्य होस् भन्ने मुद्दामा होस्, अमेरिकाले बलियो भारतीय साथ खोजेको छ ।

भारतले आफू शान्तिको पक्षमा भएको भनेपनि रुसलाई कडा विरोध गरेको छैन । रुसी तेल किनेको छ । चीन घेर्ने सैन्य रणनीतिले अमेरिकी अधिकारीहरूले भारतलाई नेटो सदस्य बन्न ताकेका गरिरहेका छन् त्यसमा भारतीय विदेश सचिव एस. जयशंकरले ठाडै अस्वीकार गरेका छन् । यसमा अमेरिका बेखुस छ । त्यत्ति मात्रै होइन भारतमा लोकतन्त्र कमजोर भएको भन्दै ७५ अमेरिकी सिनेटरहरूले राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेका छन् ।

पत्रमा उनीहरूले मानव अधिकार र लोकतन्त्रको प्रश्न मोदीलाई सोध्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक