2026-09-27 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टि, पाँचैको मृत्यु

एजेन्सी | टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको  समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको हो ।

यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् । 

रोयटर्सका अनुसार क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो । 

अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने ‘६।७ मिटरका टाइटनका पाँच वटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए ।’  सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् ? भनेर कुनै उल्लेख गरिएको छैन।

संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनिकको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्क विच्छेद हुन पुगेको थियो । समुन्द्रको गहिराइमा प्रवेश गरेको २ घण्टा ४५ मिनेटमा नै सम्पर्क विच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी विज्ञहरूले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरू फेला परे पछि विस्फोट भएको पुष्टि भएको हो ।

उक्त पनडुब्बीमा दुई पाकिस्तानी मूलका अर्बपति बाऊ छोरा, बेलायती अर्बपति   र पाइलटसहित पाँच जना सवार थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह