2026-09-27 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाइन्टमा दिसा गरेको निहुँमा प्रहरीले तीन वर्षको छोरालाई जेलमा राखे

एजेन्सी | फ्लोरिडाका एक प्रहरी अधिकारीले आफ्ना तीन वर्षको छोरालाई जेलमा राखेका छन् । पाइन्टमा दिसा गरेको भन्दै उनले तीन वर्षे छोरालाई हतकडीसमेत लगाएका छन् । 

बडी क्यामेरामा कैद गरिएको कुराकानीमा, डेटोना बिच पुलिस विभागका लेफ्टिनेन्ट माइकल स्कोएनब्रोडले बालबालिका तथा परिवार विभागका एक कर्मचारीलाई उनको छोरालाई शौचालय प्रशिक्षणमा ‘समस्या भएको’ भनिरहेको सुन्न सकिन्छ । तीन वर्षीय छोरालाई पाठ सिकाउन उनले गत वर्ष अक्टोबरमा दुई पटक जेलमा हालेका थिए । दोस्रो पटक त उनले छोरालाई हतकडीसमेत लगाए । माइकलका अनुसार उक्त भयानक अनुभवपछि उनको छोराले कहिल्यै पाइन्टमा दिसा नगर्ने बाचा गरे । 

‘ऊ बेस्सरी रोइरहेको थियो । मैले जे चाहेको थिएँ, ऊबाट त्यही प्रतिक्रिया पाइरहेको थिएँ,’ लेफ्टिनेन्ट माइकलले बालबालिका तथा परिवार विभागका ती कर्मचारीलाई भने । 

आमाबुवा पनि मानिस हुन् । उनीहरूबाट गल्ती हुन्छ नै । त्यसैले यी प्रहरी अधिकारीले जे गरे, त्यसलाई अस्थायी गल्तीको रूपमा हेर्न सकिन्छ तर यहाँ अर्को कुरा के छ भने उनले आफ्नो जेठो छोरालाई पनि यसै गरी जेल हालेको स्वीकार गरे । कर्मचारीसँगको कुराकानीमा लेफ्टिनेन्ट माइकलले आफ्नो जेठो छोरालाई अनुशासन सिकाउन त्यही रणनीति अपनाएको बताए । छोरा ४ वर्षको हुँदा एक बालिकालाई कुटेको र दुर्व्यवहार गरेका कारण उनले छोरालाई जेलमा हालेर तर्साएको जानकारी दिए ।

‘मैले उसलाई जेल भित्र हालेँ । उसलाई हेरेँ । ऊ नराम्रोसँग रोइरहेको थियो र अहिलेसम्म पनि उसले ‘अब म त्यस्तो कहिले पनि गर्दिनँ’ भन्छ । यो प्रभावकारी थियो,’ माइकलले भने ।

‘त्यसैले मैले कान्छोमा पनि यही लागू गरेँ । उसले कुट्न त कसैलाई कुटेको थिएन तर यसमा मैले एउटै कुरा देखेँ, अनुशासन । ऊ त्यहाँ फर्किएर जान चाहँदैन, त्यसैले…,’ ती प्रहरी अधिकारीले भने ।

यो विवादास्पद खुलासापछि प्रहरी विभागले उनी विरुद्ध अनुसन्धान थालेको छ । अनुसन्धानमा के भए, त्यसबारे जानकारी आएको छैन । लेफ्टिनेन्ट माइकलकी श्रीमती जेसिका लङ पनि प्रहरी विभागमा जासुस रूपमा काम गर्छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह