2026-09-27 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकी शिक्षिका पक्राउ

असार २८, एजेन्सी | अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन्। यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ। यो अचम्मलाग्दो कुरा के हो हामी तपाईलाई बताउँछौं।

यी शिक्षिकामाथि लगाइएको आरोप सत्य सावित भएको छ। अमेरिकाको यो प्रान्तको कानून अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षिका प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षिका र विद्यार्थीबीचको सम्बन्ध गैरकानूनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ। त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।

डेली स्टारको रिपोर्टका अनुसार २६ वर्षीया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन्। विद्यार्थी अभिभावकसँगै बस्थे।

यस घटना सार्बजनिक भएपछि पीडित बालको परिवारमा आक्रोश र आश्चर्य छ किनकी धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए। यसबीचमा केली राति राती गोप्य रूपमा बालककाे घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन्। कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभइ गाडी र बगैचामा पनि याैन सम्पर्क राखेकी थिइन ।

त्यसमाथि अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेको कुरा अदालती प्रकियाको क्रममा खुलेको थियो।

प्रचलित कानुनअनुसार अब यी शिक्षिकालाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ। अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह