2026-10-24 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

केन्यामा कर वृद्धिको विरोध प्रदर्शनमा ६ जना मारिए

असार २८, एजेन्सी | केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । 

केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र  प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् । 

देशका हिंसात्मक घटना बढेपछि गृहमन्त्री किथुरे किन्डिकीले राज्यमा अशान्ति मच्चाउनेहरूलाई सख्त कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मानिसको अमूल्य जीवन गएको छ, दर्जनौं कानून कार्यान्वयन अधिकारी र नागरिक गम्भीर रूपमा घाइते भएका छन् ।  देशको अर्थतन्त्रमा अकल्पनीय क्षति भएको छ,’ विरोध प्रदर्शनका क्रममा भएका व्यापक हिंसा, लुटपाट, निजी र सार्वजनिक सम्पत्तिको क्षतिप्रति निन्दा गर्दै उनले एक विज्ञप्तिमा भनेका छन् । दण्डहीनताको संस्कृति अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

विरोधप्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नैरोबी र आसपासका क्षेत्रबाट प्रदर्शनकारीहरूलाई भगाउन अश्रु ग्यास प्रहार गरेको थियो ।  राजधानीको बाहिरी भागमा रहेको म्लोलोन्गो र किटेनगेला शहरहरूमा पाँच जनाको मृत्यु भएको थियो भने नैरोबीलाई मोम्बासाको बन्दरगाह शहरमा जोड्ने राजमार्गमा आक्रमण गर्ने भीडलाई तितरबितर पार्न अश्रु ग्यास पनि प्रयोग गरिएको थियो, त्यसक्रममा एक जनाको मृत्यु भएको थियो ।

नैरोबीको काङ्गेमी बस्तीमा दर्जनौं बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ । केही अझै बेहोस छन्, उनीहरूको कक्षाकोठा नजिकै अश्रुग्यास प्रहार गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुखले ५३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । 

विपक्षी नेता रैला ओडिङ्गाले सरकारविरुद्ध कर कानुनको विरोध अभियानलाई सशक्त तुल्याउँदै प्रदर्शनमा उत्रन आह्वान गरेका थिए । पूर्वसूचना बिना केन्यामा विरोध प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था छ । उक्त प्रावधानको अवहेलना गर्दा सुरक्षा निकायले कारबाही गरेका बताइएको छ । प्रहरी प्रमुख जाफेट कोमेले प्रदर्शनकारीलाई तितरबितर गर्न सबै कानूनी उपाय गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने