2026-09-27 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्लीमा १० वर्षीया कामदारमाथि यातना, महिला पाइलट र श्रीमानलाई भीडले गरे रामधुलाइ !

साउन ४, एजेन्सी | दिल्लीको द्वारकामा एक महिला पाइलट र उनका पतिलाई भीडले रामधुलाइ गरेको छ । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्‌ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा १० वर्षीय नाबालिग घरेलु कामदारलाई रूपमा राखेका थिए । दम्पतीले १० वर्षीय नाबालिग यातना दिएको र कुटपिट गरेको थिए । ती बालिका पछिल्लो दुई महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् । उनीमाथि कुटपिट हुने गरेको र शरीरभरी नीलडाम भएको भन्दै बालिकाको रिसाएका आफन्त यो जोडीको घरमा हुल बाँधेर गएका थिए । महिला पाइलट र उनका श्रीमानलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बुधवारको यो घटनामा समूहले ड्रेसमै भएकी पाइलटलाई अफिस जाने क्रममा तानेर कुटपिट गरेको थियो ।

पूर्णिमाले सुरुमा उक्त समूहलाई आफ्नो घरमा प्रवेश गर्नबाट रोकेकी थिइन् तर उनलाई कपाल समातेर भीडले आफूतिर तानेर लगे । यति बेला उनका श्रीमान् कौशिकले उनलाई जोगाउन खोजिरहेका थिए । त्यसपछि स्थानीयले यी दुबैमाथि बाटोमै धक्का मुक्का गर्न थाले । 

रोइरहेकी बालिकाको अनुहारमा नीलडाम थियो । आँखामा रगत जमेको थियो । पाखुरामा लुगामा लगाउने आइरनले पोलेको जस्तो  दाग थियो । उनले टाढै बसेर सबै दृश्य हेरिरहेकी थिइन् । 

कौशिकलाई पुरुषको समूहले तान्यो । उनलाई जथाभाबी मुक्का हानियो । यस्तै महिलाको समूहले पूर्णिमाको कपाल तान्नसम्म ताने ।

त्यसपछि पूर्णिमाले रिसाएका स्थानीयसामु आफू र आफ्ना श्रीमान् लाई छोडिदिन अनुनय विन्ति गरिन् । 

आफूलाई भीडबाट छुटाएपछि कौशिक श्रीमती भए ठाउँ दौडिए र छुटाउन सफल भए । त्यसपछि यी दुई आफ्नो गेट भएको घरभित्र जान सफल भए ।

द्वारकाका प्रहरी अधिकारी हर्ष एम वरदानले भने, ‘बिहान ९ बजे एक बालिकालाई उनको रोजगारदाताले कुटपिट गरेको भनेर फोन आएको थियो ।’

‘एउटा घरमा पछिल्लो दुई महिनादेखि ती बालिकालाई घरेलु कामदारको रूपमा राखिएको पाइयो । त्यो जोडीले उनीमाथि अत्यधिक कुटपिट गरिरहेका थिए । बालिकाको एक आफन्तले बुधवार यसबारे जानकारी पाइन् ।’

उनले जोडीलाई कुटपिट गर्ने भीडलाई पनि कारबाही गरिने बताए । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवलले ‘निर्दयी’ जोडीको निन्दा गर्दै दिल्ली प्रहरीलाई कथित दुर्व्यवहारलाई सम्बोधन गर्न आग्रह गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह