2026-09-27 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मणिपुरमा महिलालाई ‘नग्न परेड’ गराउने पाँचौँ अभियुक्त पक्राउ

साउन ६, एजेन्सी | मणिपुरमा महिलालाई नग्न परेड गरेको भिडियो सार्वजनिक भएपछि घटनाका पाँचौँ अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका युवक १९ वर्षका छन् । यसअघि चारजना अभियुक्त पक्राउ परेपछि उनीहरुलाई ११ दिनको प्रहरी हिरासतमा पठाइएको थियो ।

शुक्रबार घटनाका मुख्य अभियुक्तको घरमा केही आक्रोशित महिलाले आगजनी गरेका थिए ।

राजधानी इम्फालबाट करिब ३५ किलोमिटर टाढा रहेको काङ्पोकपी जिल्लामा मे ४ मा महिलालाई नग्न परेड गर्ने घटना घटेको थियो । यसको भिडियो १९ जुलाई (बुधबार) सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा केही व्यक्तिले दुईजना महिलालाई नग्न बनाएर अश्लिल गतिविधि गरिरहेको देख्न सकिन्छ । त्यस्तै एक १९ वर्षीय महिलामाथि सामूहिक बलात्कार गरे | बलात्कार पीडितका परिवारका पुरुष सदस्यहरूलाई भीडले मारेको थिए |

घटनाको विरोधमा मणिपुरको चुराचन्दपुरमा बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । हजारौंले कालो लुगा लगाएर प्रदर्शन गरेका थिए । दोषीलाई पक्राउ गर्न उनीहरुले माग गरेका थिए ।

प्रहरीका अनुसार भिडियोमा उक्त व्यक्तिले बी फानोम गाउँ नजिक भीडलाई निर्देशन दिइरहेको देखिन्छ । भिडियोमा देखाइएको महिलाका पति भारतीय सेनामा छन् । असम रेजिमेन्टमा सुबेदार भएका व्यक्तिले कारगिल युद्धमा पनि भाग लिएका थिए।

मे ४ मा यस भिडियोको बारेमा काङपोकपी जिल्लाको साइकुल प्रहरी चौकीमा उजुरी परेको थियो ।

सर्वोच्च अदालतले भनेको छ – महिलालाई निर्वस्त्र परेड गरेको मामिलामा भिडियो हेरेपछि हामी निकै दुःखी भएको छौं । हामी सरकारलाई कदम चाल्न समय दिन्छौं । यदि त्यहाँ केही भएन भने, हामी कदम चाल्नेछौं ।’

यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘यो घटनाले १४० करोड भारतीयलाई लज्जित बनाएको छ । कुनै पनि अपराधीलाई छुट दिइने छैन । आज मेरो मन दुख र क्रोधले भरिएको छ । मणिपुरका छोरीहरूलाई के भयो त्यो कहिल्यै माफ हुन सक्दैन। यो अपमान सिंगो देशमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह