2026-09-27 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्ली ट्राफिक प्रहरीले कोरियाली भ्लगरसँग पैसा लिइरहेको भिडियो रेकर्ड, ट्राफिक प्रहरी निलम्बित

साउन ८, एजेन्सी | दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई निलम्बन गरेको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा उक्त कारबाही गरिएको हो । कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् ।

यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँदैन । भिडियोमा देख्न सकिन्छ कि महेश चन्द भनेर चिनिने प्रहरीले कोरियन भ्लगर कारबाट कतै जाँदै गर्दा बाटोमा रोक्छन् । यो प्रहरीले केही पैसा मागे । प्रहरीले पाँच सय मागे होलान् भनेर भ्लगरले सोच्छन् तर उनले पाँच हजार भारु माग्छन् । भ्लगरले ५ हजार रुपैयाँ दिँदा प्रहरीले कुनै रसिद नदिई त्यहाँबाट हिँड्छन् ।

दिल्ली प्रहरीका पीआरओ सुमन नलवाले भने – प्रहरीलाई निलम्बन गरिएको छ र विभागीय अनुसन्धान भइरहेको छ ।

FITVELY च्यानलको युट्युबमा १३ लाख सब्सक्राइबर छन् । उनले यो भिडियो अपलोड गर्दा यो क्लिप सामाजिक सञ्जालमा पनि शेयर भएको छ ।

ट्राफिक प्रहरीको अफिसियल ह्यान्डलले ट्विटरमा भने: सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनालाई लिएर भिडियोमा देखिएका प्रहरीलाई निलम्बन गरिएको छ । भ्रष्टाचारमा प्रहरीको शून्य सहनशीलताको नीति छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह