2026-09-27 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनद्वारा सैन्य नेतृत्वमा दशककै सबैभन्दा ठुलो परिवर्तन

साउन १६, काठमाडौँ | चीनले आणविक हतियारको विशेष इकाईका दुई नेतालाई हटाई नयाँ व्यक्ति नियुक्त गरेको छ । पिपल्स लिबरेशन पार्टी (पिएलए) को रकेट फोर्स युनिटका जनरल ली याचाओ र उनका सहयोगी केही महिनादेखि बेपत्ता थिए ।

चीनले अब यी दुईको स्थानमा पूर्व उप नौसेना प्रमुख वाङ होबिन र पार्टी केन्द्रीय समिति सदस्य सुए जिसेङलाई नियुक्त गरेको छ ।

यो पछिल्लो दशकमा सैनिक नेतृत्वमा अचानक भएको सबैभन्दा ठुलो फेरबदल हो । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी भाएल मोरिसले भनिन्, ‘यो चीनले पछिल्लो दशकमा आणविक रणनीतिको सन्दर्भमा गरेको सबैभन्दा ठुलो परिवर्तन हो ।’

‘जिनपिङको पीएलएमा अभूतपूर्व नियन्त्रण छ, तर यसको मतलब उनी यसमा रोकिन्छन् भन्ने होइन । शीर्ष पदमा भ्रष्टाचारका लागि जिनपिङ अहिले पनि चिन्तित छन् र पार्टीप्रति बफादारी अहिलेसम्म पूर्ण रूपमा हासिल नभएको पनि उनले सङ्केत गरेका छन् ।’

जिनपिङ चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् । यो आयोग चीनको शीर्ष सैन्य कमान्ड हो ।

गत महिना भएको भेटमा चीनले पार्टी सङ्गठनका सबै तहका चुनौतीसँग जुध्न पहल गर्नुपर्नेमा जोड दिएको थियो ।

यसमा सेनामा पिएलएको पूर्ण नेतृत्व कायम राख्नु पनि समावेश छ । चीनले जनरल ली र उनका डेपुटी लिउको बारेमा टिप्पणी गरेको छैन ।

तर गत साता साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उनीहरू दुवै विरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान सुरु भएको उल्लेख गरिएको थियो ।

चीनले यो नयाँ नियुक्ति पीएलएको स्थापनाको ९६ औँ वर्षगाँठको एक दिन अघि गरेको हो । बेइजिङमा आयोजित एक कार्यक्रममा दुवैको नाम घोषणा गरिएको हो ।

दुवै जना अहिले लेफ्टिनेन्ट जनरलबाट जनरल बनेका छन् । यो सेवा अधिकारीहरू मध्ये उच्च पद हो । केही दिनअघि चीनका विदेशमन्त्री छिन काङलाई हटाइयो । उनी पनि लामो समयदेखि बेपत्ता थिए ।

यस्तोमा हालैका दिनमा शीर्ष पदमा बसेका मानिसको मामिलामा जिनपिङले थुप्रै ठुला परिवर्तन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह