2026-10-24 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा एक अपरिचित व्यक्तिले गरे नवदुलहा–दुलहीको गोली हानी हत्या

साउन २०, एजेन्सी | पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या भएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हानेर हत्या गरेको प्रहरीले हालै जनाएको छ ।

प्रहरीले यो घटनालाई अनर किलिंगसँग जोडेर हेरिरहेको छ । वास्तवमा लाहोरबाट ६० किलोमिटर टाढा कसुर जिल्लाको फुलनगरमा बस्ने जुल्फिकारले केही साताअघि शगुफ्ता बीबीसँग विवाह गरेको तर जुल्फिकार र शगुफ्ता बीबीको परिवार यो विवाहका लागि तयार थिएनन् भन्ने प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुवैले परिवारको सहमति नभए पनि विवाह गरेका थिए ।

प्रहरीले बालिकाको परिवारले उनको रोजाइको विरोध गरेको दाबी गरेको छ । वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह आफन्तसँग गरून् भन्ने चाहना थियो, जुन परिवारले मिलाएको थियो तर केही साताअघि उनी आफूले माया गर्ने जुल्फिकारसँग भागिन् । घरबाट भागे पछि दुवैले अदालतमा विवाह गरेको परिवारलाई थाहा भयो । त्यसपछि उनीहरूको हत्या गरिएको बताइएको छ ।

प्रहरीले शगुफ्ताका बुवा र भाइविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक मानव अधिकारकर्मीलाई उद्धृत गर्दै पत्रिका डनले आफ्नो प्रतिवेदनमा देशमा हरेक वर्ष करिब एक हजार महिलाको इज्जतको नाममा हत्या हुने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने