2026-09-27 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दुबईबाट इराक जान लागेको विमानबाट निस्कियो भालु

एजेन्सी | दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो गर्‍यो ।  उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । घटना शुक्रवारको हो । 

इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको बताए । यसो गर्दा पनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ ।

भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो

इराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बग दाद लैजान लागिएको थियो । भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ ।

भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो । सोसल मिडियामा भाइरल भाइरल भएको भिडियोमा केही मानिसले भालुलाई पुनः कार्गोमा हालिरहेको देख्न सकिन्छ । घटनामा कुनै यात्रीलाई चोट पुगेन ।

दुबई विमानस्थलले केही भन्न मानेन

दुबई विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो । यसबारे दुबई विमानस्थलले कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ । यस्तै, अधिकारीले भालुका मालिकको नाम भन्न पनि चाहेनन् । इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह