२० आश्विन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपाललाई ओजीपीमा आबद्ध हुन आग्रह

२५ श्रावण २०८०, बिहीबार ०९:०१

साउन २५, काठमाडौँ | नेपाललाई खुला सरकार सहकार्य (ओजीपी) मा आबद्ध हुन आग्रहसहित सम्मेलनमा सहभागिताको निमन्त्रणा आएको छ । युरोपेली मुलुक इस्टोनियामा आगामी सेप्टेम्बर ६–७ मा हुने छैटौं ओजीपी सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो आएको हो ।

पाँचौं र चौथो ओजीपी सम्मेलनमा पनि नेपालले सहभागिता जनाएको थियो तर प्रधानमन्त्री तहमै सहभागी हुन यस पटक निमन्त्रणा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इस्टोनियाका राष्ट्रपति एलर कारिसले प्रधानमन्त्री दाहाललाई पठाएको पत्रमा ओजीपीको सदस्यता लिन तथा सम्मेलनमा आउन आग्रह गरिएको छ । सम्मेलनमा सहभागिताका लागि मुख्य सचिव वैकुण्ठ अर्याललाई समेत निम्तो गरिएको छ । ओजीपीमा आबद्ध हुने वा नहुने तथा सम्मेलनमा प्रधानमन्त्रीकै तहमा सहभागिता जनाउने वा नजनाउने विषयमा सरकारले निर्णय गरिसकेको छैन । ‘यो विषय छलफलकै चरणमा छ,’ बालुवाटार स्रोतले भन्यो ।

ब्राजिल, इन्डोनेसिया, मेक्सिको, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र अमेरिकका मिलेर सन् २०११ म ओजीपी स्थापना गरेका हुन् । यसमा विभिन्न मुलुकका सरकारले आफ्नो देशमा लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गराउन सहकार्यमा जोड दिन्छन् । वित्तीय अनुसन्धान र पारदर्शिता, नागरिक सहभागिता, खुला संसद् र खुला कानुन निर्माणलाई ओजीपीले प्राथमिकता दिन्छ । यसलाई संयुक्त राष्ट्रसंघले पनि मान्यता दिइसकेको छ । ओजीपी सम्मेलन हरेक दुई वर्षमा फरक मुलुकमा आयोजना गरिन्छ । ओजीपीको सदस्य संख्या ७६ पुगिसकेको छ ।

नेपाललाई सदस्यताका लागि सन् २०१४ मै आग्रह गरिएको थियो । तर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया चलिरहको कारण देखाउँदै पछि सहभागी हुने जवाफ पठाएका थिए । केपी शर्मा ओली पहिलो प्रधानमन्त्री भएका बेला ओजीपीमा सहभागिताका विषयमा अध्ययन गर्न तत्कालीन प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको नेतृत्वमा कार्यदल बनाइएको थियो । ‘कार्यदलले तत्कालीन प्रधानमन्त्री ओलीजीलाई प्रतिवेदन बुझाएको थियो, त्यो प्रतिवेदन अहिलेसम्म पनि प्रधानमन्त्री कार्यालयमै छ । सरकारले केही निर्णय गरेको छैन,’ कार्यदलमा सदस्य रहेका तारानाथ दाहालले भने ।

ओजीपीका सिद्धान्तलाई कार्यान्वयन गरे दाताहरूको नेपालप्रति विश्वास बढ्ने र नेपालका लागि वैदेशिक लगानी तथा सहयोगको ढोका खुल्ने कार्यदलको प्रतिवदेनमा उल्लेख छ । ओजीपीका दक्षिण एसिया प्रतिनिधि तथा एकाउन्टिबिलिटी ल्याब नेपालका सहसंस्थापक नारायण अधिकारीका अनुसार ओजीपीको सदस्य बने विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) जस्ता बहुपक्षीय संस्थाहरूले अतिरिक्त आर्थिक सहयोग गर्न सक्छन् । ‘ओजीपीको सदस्य बन्दा नेपाल सरकारका लागि ठूलो अवसर खुल्छ । नेपाल खुला र पारदर्शी छ, यहाँ लगानीको वातावरण पनि छ भन्ने सन्देश विश्वभर पुर्‍याउन सहज हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट