2026-09-27 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाको जङ्गलमा लागेको डढेलोमा परि मर्नेको सङ्ख्या ६७ पुग्यो

साउन २७, एजेन्सी | अमेरिकाको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो । 

धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताएका छन् ।

हवाईका गभर्नरले भनेका छन् कि मृत्युहरू खुला ठाउँमा भएको हो र भवनहरू भित्र होइन। मृतकको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।

हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ। चेतावनीको साइरन किन बजेनन् भन्ने पनि छानबिन हुनेछ, जसका कारण बासिन्दा सचेत हुन सकेका छैनन् । 

मङ्गलवारदेखि शुरु भएको डढेलो निक्कै फैलिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ । 

माउइ टापुसहित हवाईको ठूलो भू–भागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । हवाई राज्यको इतिहासमा यो सबैभन्दा खराब प्राकृतिक प्रकोप मानिएको छ । क्षतिग्रस्त सहरमा क्षतिको विवरण लिन हिजो छोटो समयका लागि घर फर्कन प्रभावितलाई अनुमति दिइएको थियो । माउइ टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने हवाईका गभर्नर जोस ग्रीनले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह