2026-09-27 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रूसकाे निजी सैन्य समूहका प्रमुख चढेको विमान पुटिनले नै खसाल्न लगाएको आशंका

भदौ ७, काठमाडौँ | रुसको निजी सैन्य समूह ‘वाग्नर ग्रुप’का प्रमुख एभगेनी प्रिगोजिन चढेको एक निजी विमान दुर्घटना भएको छ । वाग्नर समूहले आफ्नो एक सोसियल साइट एकाउन्टमा आफ्ना प्रमुखको मृत्यु भएको जनाएको छ । तर दुर्घटना स्वाभाविक नभएर उक्त विमान खसालिएको आरोप उसले लगाएको छ ।

बुधवार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिन चढेको निजी कम्पनीको विमान मो नजिकैकको तेवेर क्षेत्रमा खसेको र उनको निधन भएको रुसले जनाएको छ । सो विमानमा उनीसहित अन्य १० जना सवार थिए, सबैको निधन भएको छ । निधन हुनेमा वाग्नरका उच्च कमाण्डर समेत रहेको बताइए पनि उनीहरुको नाम खुलाइएको छैन ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटना विवरणमा मृत्यु हुनेहरुको सूचीमा वाग्नर प्रमुख एभगेनी प्रिगोजिन र सह–संस्थापक दमित्री अतकिनको नाम उल्लेख छ । अरुको नाम उल्लेख छैन ।

आफ्ना प्रमुख प्रिगोजिन चढेको विमान खसालिएको भन्दै वाग्नर समूहले रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाएको छ । केही पश्चिमा नेता एवं विश्लेषकहरुले पनि प्रिगोजिनको नियोजित रुपमा हत्या भएको बताएका छन् ।

राज्यविरुद्ध द्रोह गर्ने या खतरा पैदा गर्न सक्ने ठानिएका व्यक्तिको सफाया नै गर्ने रुसको पुरानै अभ्यास मानिन्छ । बिबिसीका अनुसार बेलायतको बाह्य गुप्तचर निकाय एमआइसीक्सको रुसी इकाइका पूर्व प्रमुख क्रिस्टोफर स्टिलले वाग्नर प्रमुख प्रिगोजिनको यसरी नै नियोजित एवं रहस्यमय हत्या हुनसक्ने आफूले पहिले नै अडकल गरेको भनी बताएका छन् । उनले सायद रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै स्वीकृतिमा रुसी सुरक्षा अधिकारीहरुले विमान खसाल्न आदेश दिएको हुनसक्ने बताए ।

एभगेनी प्रिगोजिन र दुर्घटनाग्रस्त विमान

यो हत्या आशंकालाई बल पु¥याउने आधार भने करिब २ महिना अगाडिको वाग्नर समूहको छोटो विद्रोह हो । गत जून महिनाको अन्तिम साता वाग्नर प्रमुख प्रिगोजिनले रुसी सेनाकै सर्वोच्च नेतृत्वलाई हटाउने र राजधानी मस्को शहर कब्जा गर्ने चेतावनी दिएका थिए । वाग्नर समूहले त्यतिबेला रुसका महत्वपूर्ण सहर रोस्तोभ–अन–डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको थियो भने मस्कोतर्फ अघि बढ्न निर्देशन दिइएको थियो । तर पछि पुटिनसँगको समझदारीमा उक्त विद्रोह थामथुम पारियो ।

रुसकै लागि लडिरहेको यो समूहले रुसकै विरुद्ध गरेको त्यो २४ घण्टे विद्रोह संसारभर रुचिको विषय बनेको थियो । प्रिगोजिनले रुसी सेनाका अधिकारी र कमाण्डरहरुलाइ नै अश्लील गाली गर्दै चेतावनी दिएर थप चर्चामा आएका थिए । रुसी राष्ट्रपति पुटिनलाई नै चुनौती दिएका प्रिगोजिनको हाल आएर पुटिनकै आदेशमा हत्या भएको आशंका र विश्लेषण गरिएको छ ।

पुटिनले सो विद्रोहकै बेला वाग्नर प्रमुखलाई कारबाही गर्ने बताएका थिए । त्यसपछि वाग्नर समूह पछि हटेको थियो भने प्रमुख प्रिगोजिन लुकीछिपी बस्न थालेका थिए । पछिल्लो समयमा उनी अफ्रिकामा रहेको बताइएको थियो ।

यद्यपि यस घटनाबारे राष्ट्रपति पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभले रुसले प्रिगोजिनको हत्या गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनी युक्रेनका लागि खतरा भएकाले बरु युक्रेनको हात रहेको हुनुक्ने पनि बताएका छन् ।

उता युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले वाग्नर प्रमुख प्रिगोजिनको मृत्यु युक्रेनका लागि सुखद समाचार रहेको बताएका छन् । उनले यस घटनालाई रुस फेरि पनि एक असफल राष्ट्र बन्ने संकेत रहेको बताएका छन् ।

युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को मतभेद भएको थियो । प्रिगोजिनको आदेशमा चल्ने वाग्नर समूहका लडाकुहरु अत्यन्त क्रूर र आपराधिक समेत मानिन्छन् । यस समूहलाई रुसकै सैन्य सहयोगमा रुसले युक्रेन, सिरिया तथा पश्चिम अफ्रिकी देशका युद्धहरूमा खटाएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह