२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलसँग सम्पर्क गरेको भन्दै लिबियाकी विदेशमन्त्री निलम्बित

२०८०, ११ भाद्र सोमबार ०६:४०

त्रिपोली । इजरायली समकक्षीलाई अनौपचारिकरुपमा भेटेपछि लिबियाकी विदेशमन्त्री निलम्बनमा परेकी छन् । लिबियाका प्रधानमन्त्रीले विदेशमन्त्री नाजला अल–मनगुसलाई निलम्बन गरेका हुन् ।

लिबियाले इजरायललाई अहिलेसम्म मान्यता दिएको छैन । उसले प्यालेस्टाइनको समर्थन गर्दछ । विदेशमन्त्रीको भेटपछि देशमा विरोध प्रदर्शन सुरु भएको छ ।

यता, इजरायलका विदेशमन्त्री एली कोहेनले नाजलासँगको भेटलाई ऐतिहासिक भन्दै सम्बन्ध सुधारको पहिलो पाइलाको रुपमा व्याख्या गरेका छन् । तेलको धनी लिबियाजस्तै इजरायलले अरब र मुस्लिम बाहुल्य भएको राष्ट्रहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको छ ।

यद्यपि, लिबियाको राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्ध कायम गर्नु गैरकानुनी भएको बताएको छ । संसद्का सभामुखको कार्यालयले नाजलामाथि देशद्रोहको आरोप लगाएको छ । विरोधसँगै प्रधानमन्त्री अब्दुल हामिद डीबेइबाहले छानबिनको आदेश दिएका छन् ।

कोहेन र नजलाबीच गत हप्ता रोममा भएको सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । दुई नेताबीच दुई देशको सम्बन्धको सम्भावनाहरुको बारेमा छलफल भएको थियो । -बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान