४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलसँग सम्पर्क गरेको भन्दै लिबियाकी विदेशमन्त्री निलम्बित

११ भाद्र २०८०, सोमबार ०६:४०

त्रिपोली । इजरायली समकक्षीलाई अनौपचारिकरुपमा भेटेपछि लिबियाकी विदेशमन्त्री निलम्बनमा परेकी छन् । लिबियाका प्रधानमन्त्रीले विदेशमन्त्री नाजला अल–मनगुसलाई निलम्बन गरेका हुन् ।

लिबियाले इजरायललाई अहिलेसम्म मान्यता दिएको छैन । उसले प्यालेस्टाइनको समर्थन गर्दछ । विदेशमन्त्रीको भेटपछि देशमा विरोध प्रदर्शन सुरु भएको छ ।

यता, इजरायलका विदेशमन्त्री एली कोहेनले नाजलासँगको भेटलाई ऐतिहासिक भन्दै सम्बन्ध सुधारको पहिलो पाइलाको रुपमा व्याख्या गरेका छन् । तेलको धनी लिबियाजस्तै इजरायलले अरब र मुस्लिम बाहुल्य भएको राष्ट्रहरूसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको छ ।

यद्यपि, लिबियाको राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्ध कायम गर्नु गैरकानुनी भएको बताएको छ । संसद्का सभामुखको कार्यालयले नाजलामाथि देशद्रोहको आरोप लगाएको छ । विरोधसँगै प्रधानमन्त्री अब्दुल हामिद डीबेइबाहले छानबिनको आदेश दिएका छन् ।

कोहेन र नजलाबीच गत हप्ता रोममा भएको सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । दुई नेताबीच दुई देशको सम्बन्धको सम्भावनाहरुको बारेमा छलफल भएको थियो । -बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता