२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रमापछि सूर्यको अध्ययनका लागि अन्तरिक्षयान पठाउँदै भारत

२०८०, ११ भाद्र सोमबार १२:०६

एजेन्सी | चन्द्रयान–३ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ईसरो) ले आदित्य एल–१ मिसन सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११ः ५० बजे प्रक्षेपण गर्ने जानकारी दिएको छ । ईसरोका अनुसार यो सूर्यको अध्ययनका लागि भारतको पहिलो अन्तरिक्ष अभियान हो ।


ईसरोले यो अन्तरिक्ष यानको सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज बिन्दु (एल १) को चारैतर्फ र एक प्रभामण्डल कक्षमा पठाइने जनाएको छ । यो पृथ्वीबाट लगभग १५ लाख किलोमिटर टाढा रहेको छ । ‘एल १ बिन्दु र प्रभामण्डल कक्षमा एक उपग्रह राख्नुको प्रमुख फाइदा भनेको त्यसले बिना कुनै ग्रहण सूर्यलाई लगातार हेर्न सक्छ । यसबाट वास्तविक समयमा सौर्य गतिविधि र अन्तरिक्ष मौसममा यसको प्रभावलाई अध्ययन गर्न अधिक लाभ प्राप्त हुनेछ,’ ईसरोको भनाई छ ।

अन्तरिक्ष यान सातवटा पेलोड लिएर जानेछ । यसले फोटोस्फेयर, क्रोमोस्फेयर र सूर्यको सबैभन्दा बाहिरी भागको अध्ययन गर्नेछ । २३ अगस्तमा चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए । –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा