४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रमापछि सूर्यको अध्ययनका लागि अन्तरिक्षयान पठाउँदै भारत

११ भाद्र २०८०, सोमबार १२:०६

एजेन्सी | चन्द्रयान–३ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ईसरो) ले आदित्य एल–१ मिसन सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११ः ५० बजे प्रक्षेपण गर्ने जानकारी दिएको छ । ईसरोका अनुसार यो सूर्यको अध्ययनका लागि भारतको पहिलो अन्तरिक्ष अभियान हो ।


ईसरोले यो अन्तरिक्ष यानको सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज बिन्दु (एल १) को चारैतर्फ र एक प्रभामण्डल कक्षमा पठाइने जनाएको छ । यो पृथ्वीबाट लगभग १५ लाख किलोमिटर टाढा रहेको छ । ‘एल १ बिन्दु र प्रभामण्डल कक्षमा एक उपग्रह राख्नुको प्रमुख फाइदा भनेको त्यसले बिना कुनै ग्रहण सूर्यलाई लगातार हेर्न सक्छ । यसबाट वास्तविक समयमा सौर्य गतिविधि र अन्तरिक्ष मौसममा यसको प्रभावलाई अध्ययन गर्न अधिक लाभ प्राप्त हुनेछ,’ ईसरोको भनाई छ ।

अन्तरिक्ष यान सातवटा पेलोड लिएर जानेछ । यसले फोटोस्फेयर, क्रोमोस्फेयर र सूर्यको सबैभन्दा बाहिरी भागको अध्ययन गर्नेछ । २३ अगस्तमा चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए । –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ