2026-09-27 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मानिसको मस्तिष्कमा जिउँदै भेटियो सर्पमा पाइने किरा

एजेन्सी | विश्वमा पहिलो पटक अस्ट्रेलियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटरको जिउँदो किरा भेटिएको वैज्ञानिकले जानकारी दिएका छन् । 

यी महिला मूलतः इङ्गल्यान्डकी हुन् । गत वर्ष क्यानबेरामा भएको एक शल्यक्रियाका बेला दिमागको अघिल्लो हिस्सामा क्षतिग्रस्त तन्तुबाट एउटा ‘तार जस्तो देखिने’ चिज निकालिएको थियो । 

यो रातो रङको किरा करिब दुई महिनासम्म महिलाको दिमागमा भएको वैज्ञानिकले अनुमान गरेका छन् । 

यस केसले जनावरबाट मानिसमा रोग र सङ्क्रमण फैलाउने जोखिम बढ्दै छ भन्ने तर्कलाई बल दिन्छ भन्दै अन्वेषकहरूले चेतावनी दिइरहेका छन् । 

क्यानबेरा अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, ‘डाक्टरले महिलाको मस्तिष्कमा केही असामान्य देखे र त्यहाँबाट आठ सेन्टिमिटर लामो रातो रङको किरा निस्किएको देख्दा अपरेसन थिएटरमा भएका सबै जना हैरान थिए ।’

‘यो बिलकुलै नयाँ प्रकारको सङ्क्रमण हो, जुन आजभन्दा पहिले कुनै पनि मानिसमा पाइएको छैन ।’

डाक्टरका अनुसार यस्तो खालको किरा साधरणतया अस्ट्रेलियामा पाइने कार्पेट पाइथन नामको सर्पमा हुन्छ । 

वैज्ञानिकका अनुसार सम्भवतः ती महिला पोखरीको नजिकै बस्ने र वरिपरि फलेको  सागसब्जी खाँदा उनको दिमागमा यो किरा पुगेको हुनसक्छ । 

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले महिलाले गल्तीले अजिंगरको मल र परजीवीको अण्डाले दूषित पत्तेदार चिज आएको हुनसक्ने अनुमान गरेका छन् । 

गार्डियनका अनुसार ६४ वर्षकी ती महिलालाई पहिलो पटक सन् २०२१ को जनवरीमा अस्पताल भर्ना गरिएको थियो । उनलाई लगातार तीन हप्तासम्म पेट दुख्ने र झाडा लाग्ने भइरहेको थियो । यसका साथै उनलाई सुख्खा खोकी, ज्वरो र राती पसिना आउने समस्या पनि देखिएको थियो । 

यसका साथै, उनले कुराहरू बिर्सने पनि भइरहेकी थिइन् । डिप्रेसनको समस्या पनि देखिएपछि उनलाई क्यानबेरा अस्पताल रिफर गरियो । मस्तिष्कको एमआरआई स्क्यान गरेपछि केही असामान्य अवस्था देखा पर्‍यो र तत्काल शल्यक्रिया आवश्यक पर्ने देखियो । तर शल्यक्रिया गर्दा जिउँदो किरा नै भेटिएला भनेर डाक्टरले कल्पनासमेत गरेका थिएनन् । 

अहिले ती महिलाकाे अवस्था सामान्य हुँदै गएकाे छ र निको भैरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह