२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अफ्रिकी देश गेबनमा सैन्य विद्राेह , राष्ट्रपति अली नजरबन्द

२०८०, १३ भाद्र बुधबार ११:४१

एजेन्सी | अफ्रिकी देश गेबनका सेना अधिकारीहरूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाका अधिकारीहरूले शनिवारको निर्वाचनको नतिजा रद्द गरेको बताएका छन् । चुनावमा राष्ट्रपति अली बोन्गोको जित घोषणा गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार बोन्गोले करिब दुई तिहाइ मत पाएका छन् । विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । यो विद्रोहसँगै देशमा उनको परिवारको ५३ वर्ष लामो शासनको अन्त्य हुनेछ ।


समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोन्गोलाई उनको घरमा हिरासतमा राखिएको बताएको छ ।

सरकारी टिभीमा प्रसारित बयानमा भनिएको छ, ‘राष्ट्रपति अली बोन्गो घरभित्रै नजरबन्दमा छन् । उनको परिवार र डाक्टर उनीसँगै छन् ।’

सेनाका अधिकारीले गेबनको सीमा बन्द गरिएको जानकारी दिएका छन् । 

राजधानी लिब्रविलमा बिहान गोलीको आवाज सुनिएको थियो । राजधानीको सडक सुनसान थियो ।  

गेबन तेल स्रोतमा धनी देश हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा