४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अफ्रिकी देश गेबनमा सैन्य विद्राेह , राष्ट्रपति अली नजरबन्द

१३ भाद्र २०८०, बुधबार ११:४१

एजेन्सी | अफ्रिकी देश गेबनका सेना अधिकारीहरूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाका अधिकारीहरूले शनिवारको निर्वाचनको नतिजा रद्द गरेको बताएका छन् । चुनावमा राष्ट्रपति अली बोन्गोको जित घोषणा गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार बोन्गोले करिब दुई तिहाइ मत पाएका छन् । विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । यो विद्रोहसँगै देशमा उनको परिवारको ५३ वर्ष लामो शासनको अन्त्य हुनेछ ।


समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोन्गोलाई उनको घरमा हिरासतमा राखिएको बताएको छ ।

सरकारी टिभीमा प्रसारित बयानमा भनिएको छ, ‘राष्ट्रपति अली बोन्गो घरभित्रै नजरबन्दमा छन् । उनको परिवार र डाक्टर उनीसँगै छन् ।’

सेनाका अधिकारीले गेबनको सीमा बन्द गरिएको जानकारी दिएका छन् । 

राजधानी लिब्रविलमा बिहान गोलीको आवाज सुनिएको थियो । राजधानीको सडक सुनसान थियो ।  

गेबन तेल स्रोतमा धनी देश हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’