२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बिहेका लागि प्रोत्साहन गर्न २५ वर्षभन्दा कम उमेरमा बिहे गर्नेहरुलाई पुरस्कार दिँदै चीन

२०८०, १४ भाद्र बिहीबार ०८:२८

एजेन्सी | विश्वका कतिपय देशहरु उच्च जनसंख्याका वृद्धिदरले समस्या झेलिरहेको बेलामा कतिपय देशहरु भने घट्दो जनसंख्याका कारण तनावमा छन् ।

घटिरहेको जनसंख्याका कारण त्रसित देशहरुले भविष्यमा आउने सम्भावित खतराको सामना गर्नका लागि अहिले नै विभिन्न उपायहरु अपनाउन सुरु गरेका छन् ।

चीन पनि पछिल्लो समय घट्दो जनसंख्या वृद्धिदरबाट गुज्रिरहेको छ । विगतमा जनसंख्या नियन्त्रणका लागि एक सन्तान नीति अबलम्बन गरेको चीनले अहिले त्यो नीति त्यागिसकेको मात्र छैन युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ ।


यसका लागि चीनले पछिल्लोपटक एउटा गज्जबको नियम ल्याएको छ । चीनको चाङसान काउन्टीले युवायुवतीहरुलाई समयमै बिहे गर्नका लागि प्रोत्साहित गर्न पुरस्कारको घोषणा गरेको छ । जस अनुसार बिहे गर्ने दम्पतीलाई पुरस्कारबापत १ हजार युआन नगद प्रदान गरिनेछ । तर यसका लागि बेहुलीले एउटा शर्त पूरा गर्नुपर्नेछ ।

सो शर्त अनुसार बिहे गर्ने बेलामा बेहुलीको उमेर २५ वर्षभन्दा कम हुनुपर्नेछ । साथै यो पुरस्कार पहिलो बिहे गर्नेलाई मात्र प्रदान गरिनेछ ।

युवायुवतीहरुले सही समयमा बिहे गरुन् र बच्चा जन्माउन् भन्नका लागि स्थानीय प्रशासनले यस्तो नियम बनाएको हो । सरकारको तर्फबाट दम्पतिहरुका लागि बच्चाको हेरचाह, प्रजनन तथा शिक्षाका लागि विभिन्न खालका सहुलियतहरु पनि दिइनेछ ।

स्मरण रहोस् चीनमा सन् २०२२ मा बिहे गर्ने दर घटेर ६८ लाख पुगेको छ जुन सन् १९८६ यताकै सबैभन्दा कम हो ।

चीनमा बिहे गर्ने युवायुवतीको संख्या घटिरहेको छ र सोही कारण जन्मदरमा पनि गिरावट आइरहेको छ । यसको एउटा कारण एकल आमाका लागि बच्चाको लालनपालन गर्नमा समस्या हुनु हो । साथै सरकारका नीतिहरुमा यसमा सहयोगी बन्न सकिरहेका छैनन् ।

विश्वमै कम प्रननदर रहेको मुलुकमध्येको एक चीनको प्रजननदर गतवर्ष १.०९ रहेको छ । करिअरमा असर पर्ने डरका साथै महंगीका कारण पनि चिनिया महिलाहरुले कम बच्चा जन्माइरहेका छन् वा बच्चा नै नजन्माउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा