२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा एक आदिवासी महिलालाई घरका मानिसहरुले नग्न घुमाए, घटनामा संलग्न ३ जना पक्राउ

२०८०, १६ भाद्र शनिबार ०६:४१

भदौ १६, एजेन्सी । भारतको राजस्थानस्थित प्रतापगढ जिल्लामा एक आदिवासी महिलालाई घर पट्टिका मानिसहरुले नग्न घुमाइएको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । 

प्रतापगढ जिल्लामा एक महिलाको माइती र घर पक्षको आपसी पारिवारिक विवादमा घर पट्टिका मानिसहरुले उनलाई निर्वस्त्र पारेको एउटा भिडियो सार्वजनिक भएको थियो । रिपोर्टका अनुसार गिरफ्तारीको क्रममा अभियुक्त घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । 

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाको संज्ञान लिएका थिए र कडा कारबाही गर्ने चेतावनी दिएका थिए । 

मुख्यमन्त्रीले अभियुक्तविरुद्ध फास्ट ट्र्याक अदालतमा मुद्दा चलाइने बताएका थिए । 

उनले एक ट्विटमा भने, ‘प्रतापगढ जिल्लामा एक महिलाको माइती र घर पक्षको आपसी पारिवारिक विवादमा घर पट्टिका मानिसले उनलाई निर्वस्त्र पारेको एउटा भिडियो सार्वजनिक भएको छ । प्रहरी महानिर्देशकले एडीजी क्राइमलाई घटनास्थलमा पठाएको र यो घटनामा कडाभन्दा कडा कारवाहीको निर्देशन दिएका छन् ।’

मुख्यमन्त्रीले भने, ‘सभ्य समाजमा यस्तो खालको अपराधीलाई कुनै स्थान छैन । यी अपराधीलाई छिटोभन्दा छिटो जेलमा हालेर फास्ट ट्र्याक मुद्दा चलाएर सजाय दिइनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा