४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

१८ महिना अघि अपरेसन गरेर शिशुलाई जन्म दिएकी महिलाको पेटमा ‘डिनेर प्लेट’ जस्तो ठुलो सर्जिकल उपकरण

२० भाद्र २०८०, बुधबार ०६:३७

एजेन्सी | न्युजिल्याण्डको अकल्याण्ड सहरमा लगभग १८ महिना अघि शिशुलाई जन्म दिएकी एक महिलाको पेटबाट सर्जिकल उपकरण निकालिएको छ । ती महिलाले सिजेरियन अपरेसनको माध्यमबाट आफ्नो बच्चा जन्म दिएकी थिइन् ।

तर, अपरेसनका दौरान एउटा ‘डिनेर प्लेट’ जस्तो ठुलो सर्जिकल उपकरण पेटमा नै छुटेको थियो । महिलाले यसबीचमा ठुलो पीडा सहनुपरेको थियो । महिलाले कयौँ डाक्टरहरुमा नपुगेकी होइनन्, तर १८ महिनासम्म कसैले यसबारे पत्ता नै लगाउन सकेनन् । अन्त्यमा सिटी स्क्यान गरेपछि मात्र उनको पेटमा सर्जिकल उपकरण छुटेको पत्ता लागेको थियो । 

स्वास्थ्य नियामकहरूले सरकारी अस्पतालले बिरामीको देशभाल गर्न असफल भएको बताएको छ । सुरुवातमा अकल्याण्डको हेल्थ डिस्ट्रिक्ट बोर्डले भने यसको खण्डन गरेको थियो । तर, न्युजिल्याण्डको हेल्थ एन्ड डिसेबिलिटीले सोमबार आफ्नो जाँच रिपोर्टमा यसबारे असहमति जनाएको थियो । 

हेल्थ कमिस्नर मोराग म्याकडवेलले भने, ‘यो स्पष्ट छ कि महिलालाई तय गरिएको मापदण्डअनुसार खराब सेवा मिल्यो किनभने अपरेसनपछि नियमित जाँचमा पनि उनको पेटमा उपकरण छुटेको पत्ता लगाउन सकिएन । कर्मचारीसँग पनि उपकरण महिलाको पेटमा कसरी छुट्यो र टाँका लगाउन अघि यसलाई किन निकालिएन भन्ने कुनै स्पष्टीकरण छैन ।’

उनका अनुसार अकल्याण्डको अस्पतालमा बिरामीको शरीरमा कुनै उपकरण छुटेको पछिल्लो दुई वर्षमा यो दोस्रो पटक हो ।  –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’