2026-09-27 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

१८ महिना अघि अपरेसन गरेर शिशुलाई जन्म दिएकी महिलाको पेटमा ‘डिनेर प्लेट’ जस्तो ठुलो सर्जिकल उपकरण

एजेन्सी | न्युजिल्याण्डको अकल्याण्ड सहरमा लगभग १८ महिना अघि शिशुलाई जन्म दिएकी एक महिलाको पेटबाट सर्जिकल उपकरण निकालिएको छ । ती महिलाले सिजेरियन अपरेसनको माध्यमबाट आफ्नो बच्चा जन्म दिएकी थिइन् ।

तर, अपरेसनका दौरान एउटा ‘डिनेर प्लेट’ जस्तो ठुलो सर्जिकल उपकरण पेटमा नै छुटेको थियो । महिलाले यसबीचमा ठुलो पीडा सहनुपरेको थियो । महिलाले कयौँ डाक्टरहरुमा नपुगेकी होइनन्, तर १८ महिनासम्म कसैले यसबारे पत्ता नै लगाउन सकेनन् । अन्त्यमा सिटी स्क्यान गरेपछि मात्र उनको पेटमा सर्जिकल उपकरण छुटेको पत्ता लागेको थियो । 

स्वास्थ्य नियामकहरूले सरकारी अस्पतालले बिरामीको देशभाल गर्न असफल भएको बताएको छ । सुरुवातमा अकल्याण्डको हेल्थ डिस्ट्रिक्ट बोर्डले भने यसको खण्डन गरेको थियो । तर, न्युजिल्याण्डको हेल्थ एन्ड डिसेबिलिटीले सोमबार आफ्नो जाँच रिपोर्टमा यसबारे असहमति जनाएको थियो । 

हेल्थ कमिस्नर मोराग म्याकडवेलले भने, ‘यो स्पष्ट छ कि महिलालाई तय गरिएको मापदण्डअनुसार खराब सेवा मिल्यो किनभने अपरेसनपछि नियमित जाँचमा पनि उनको पेटमा उपकरण छुटेको पत्ता लगाउन सकिएन । कर्मचारीसँग पनि उपकरण महिलाको पेटमा कसरी छुट्यो र टाँका लगाउन अघि यसलाई किन निकालिएन भन्ने कुनै स्पष्टीकरण छैन ।’

उनका अनुसार अकल्याण्डको अस्पतालमा बिरामीको शरीरमा कुनै उपकरण छुटेको पछिल्लो दुई वर्षमा यो दोस्रो पटक हो ।  –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह