बालोन डीअर अवार्डका लागि मेस्सी, एमबाप्पे लगायत ३० खेलाडी सर्टलिस्ट, रोनाल्डो अटाएनन्(सुची)

Posted on: 07 Sep, 2023

भदौ २१, काठमाडौँ | विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डीअरका लागि ३० जना खेलाडीलाई सर्टलिस्ट गरिएको छ। उक्त सूचीमा हाल साउदी अरबमा व्यवसायिक फुटबल खेलिरहेका पाँचपटकका पूर्व विजेता क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्।

उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए। ३० खेलाडीको सूचीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, एर्लिङ हालान्डलगायत खेलाडी छन्। हरेक वर्ष एक खेलाडीलाई बालोन डीअर प्रदान हुँदै आएको छ।


मेस्सीले यो अवार्ड ७ पटक जितेका छन्। हालान्ड र मेस्सी यसपटक दावेदार देखिएका छन्। हालान्डले गत सिजन म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिग र प्रिमियर लिगसहित ३ वटा प्रतियोगिताको उपाधि जिताएका थिए। मेस्सीले भने गत वर्ष विश्वकप जितेका थिए।

को को परे सर्टलिस्टमा:

जोस्को ग्वार्डियोल, आन्द्रे ओनाना, जमाल मुसियाला, करिम बेन्जेमा, मोहम्मद सलाह, बुकायो साका, केभिन डे ब्रुइन, जुड बेलिङ्घम, रान्डल कोलो मुआनी, बर्नार्डो सिल्भा, ख्विचा क्वार्ट्सखेलिया, एमिलियानो मार्टिनेज, रुबेन डायस, एर्लिंग हालान्ड, निकोलो बरेल्ला, मार्टिन ओडेगार्ड, इल्के गुन्डोगन, यासिन बोनौ, जुलियन अल्भारेज, भिनिसियस जूनियर, रोड्रि, एन्टोइन ग्रिजम्यान, लियोनेल मेस्सी, लाउटारो मार्टिनेज, रोबर्ट लेवान्डोस्की, किम मिन-जे, लुका मोड्रिक, केलियन एम्बाप्पे, भिक्टर ओस्नेसिम र विक्टर ओसेन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!