२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मर्सिडीज–बेन्ज र बीएमडब्लूलाई पछि पार्दै पहिलो पटक बीवाईडी शीर्ष १० मा

२०८०, २२ भाद्र शुक्रबार १०:३६

भदौ २२, काठमाडौँ | विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड बीवाईडीले पहिलो पटक मर्सिडीज–बेन्ज र बीएमडब्लूलाई पछि पार्दै शीर्ष १० मा पर्न सफल भएको छ । न्यू इनर्जी भेहिकल (एनईभी) निर्माता कम्पनीहरु मध्ये उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२३ को पहिलो ६ महिनामा नै कम्पनीले १२ लाख ५० हजार युनिट बीवाईडी गाडी बेच्न सफल भएको हो । 

गत अगस्टमा मात्र कम्पनीले २ लाख २७ हजार ३८६ युनिट गाडी बेचेको छ । यो चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरीको रेकर्ड तोडेको कम्पनीको दाबी छ । पछिल्लो ६ महिनामा बीवाईडी गाडीको बिक्री ९६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । 

जसबाट समीक्षा अवधिमा कम्पनीमार्फत २६०.१२ बिलियन युआन अर्थात् ३५.६६ बिलियन अमेरिकी डलर राजस्वमा योगदान पुगेको समेत कम्पनीले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.७२ प्रतिशतले बढी रहेको कम्पनीको भनाइ छ । 

साथै अन्य अटोमोबाइल उत्पादन तथा बिक्रीमार्फत यस अवधिमा २०८.८२ बिलियन युआन राजस्व संकलन भएको कम्पनीको भनाइ छ । यो वार्षिक रूपमा औसत ९१.१ प्रतिशतको वृद्धि हो । 

बीवाईडी कम्पनीले पछिल्लो पटक व्यावसायिक उत्पादनसँगै उत्पादनमा ल्याएको नविनतम् प्रयोग र प्रविधिका कारण औद्योगिक श्रंखलामा ठुलो परिवर्तन आएको कम्पनीको दाबी छ । उसो त कम्पनीले अनुसन्धान र विकास (आर एन्ड डी) को क्षेत्रमा मात्र यस वर्ष १४.२५ बिलियन युआन लगानी गरेको छ । जुन वार्षिकगत रूपमा १२०.२ प्रतिशतले वृद्धि रहेको कम्पनीको भनाइ छ । यो लगानीले कम्पनीको नाफालाई समेत उछिनेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा