४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मर्सिडीज–बेन्ज र बीएमडब्लूलाई पछि पार्दै पहिलो पटक बीवाईडी शीर्ष १० मा

२२ भाद्र २०८०, शुक्रबार १०:३६

भदौ २२, काठमाडौँ | विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड बीवाईडीले पहिलो पटक मर्सिडीज–बेन्ज र बीएमडब्लूलाई पछि पार्दै शीर्ष १० मा पर्न सफल भएको छ । न्यू इनर्जी भेहिकल (एनईभी) निर्माता कम्पनीहरु मध्ये उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२३ को पहिलो ६ महिनामा नै कम्पनीले १२ लाख ५० हजार युनिट बीवाईडी गाडी बेच्न सफल भएको हो । 

गत अगस्टमा मात्र कम्पनीले २ लाख २७ हजार ३८६ युनिट गाडी बेचेको छ । यो चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरीको रेकर्ड तोडेको कम्पनीको दाबी छ । पछिल्लो ६ महिनामा बीवाईडी गाडीको बिक्री ९६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । 

जसबाट समीक्षा अवधिमा कम्पनीमार्फत २६०.१२ बिलियन युआन अर्थात् ३५.६६ बिलियन अमेरिकी डलर राजस्वमा योगदान पुगेको समेत कम्पनीले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.७२ प्रतिशतले बढी रहेको कम्पनीको भनाइ छ । 

साथै अन्य अटोमोबाइल उत्पादन तथा बिक्रीमार्फत यस अवधिमा २०८.८२ बिलियन युआन राजस्व संकलन भएको कम्पनीको भनाइ छ । यो वार्षिक रूपमा औसत ९१.१ प्रतिशतको वृद्धि हो । 

बीवाईडी कम्पनीले पछिल्लो पटक व्यावसायिक उत्पादनसँगै उत्पादनमा ल्याएको नविनतम् प्रयोग र प्रविधिका कारण औद्योगिक श्रंखलामा ठुलो परिवर्तन आएको कम्पनीको दाबी छ । उसो त कम्पनीले अनुसन्धान र विकास (आर एन्ड डी) को क्षेत्रमा मात्र यस वर्ष १४.२५ बिलियन युआन लगानी गरेको छ । जुन वार्षिकगत रूपमा १२०.२ प्रतिशतले वृद्धि रहेको कम्पनीको भनाइ छ । यो लगानीले कम्पनीको नाफालाई समेत उछिनेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’