2026-09-27 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बिरयानीका लागि अतिरिक्त राइता माग्दा रेष्टुरेन्टका कर्मचारीद्वारा कुटपिट गरी ग्राहकको हत्या

हैदराबाद | बिरयानीका लागि अतिरिक्त राइता माग्दा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । भारतको तेलंगनाको हैदराबादस्थित एक रेस्टुरेन्टमा ग्राहकले बिरयानीका लागि अतिरिक्त राइता माग्दा विवाद सुरु भयो । विवाद यतिसम्म बढ्यो कि रेस्टुरेन्टका केही कर्मचारीले ग्राहकमाथि निर्घात कुटपिट गरे, यति कुटे कि उनको ज्यानै गयो । 

भारतीय सञ्चार माध्यमका अनुसार मारिएका व्यक्तिको नाम लियाकत हो । उनी ३० वर्षका थिए र चन्द्रयानगुट्टाका बासिन्दा थिए । लियाकत सोमबार राती आफ्ना तीन जना साथीहरूसँग बेलुकाको खानाका लागि पन्जागुट्टा एक्स रोड इलाकाको मेरिडियन बिरयानी रेस्टुरेन्टमा बिरयानी खान गएका थिए । खाँदै गर्दा बिरयानी पुगेन, अतिरिक्त मागे त्यसपछि विवाद सुरु भयो । 

प्रहरीका अनुसार बिरयानी खाने बेला अतिरिक्त राइता माग्दा ग्राहक र रेस्टुरेन्टका केही कर्मचारीबीच बहस भयो । त्यसपछि ग्राहक र रेस्टुरेन्टका एक कर्मचारीले एक–अर्कामाथि कुटपिट सुरु गरे ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार दुई कुटपिट सुरु भएको जानकारी पाएपछि प्रहरी रेस्टुरेन्ट पुगे । पछि ग्राहक र होटेलका कर्मचारीले पन्जागुट्टा प्रहरी थानामा एक–अर्का विरुद्ध उजुरी दर्ता गरे । अधिकारीले दिएको जानकारी अनुसार कुटपिटमा ग्राहकलाई खासै चोट लागेको थिएन तर उनलाई बान्ता हुन थाल्यो र उनी थाना भित्रै लडे ।

एफआइआर दर्ता

प्रहरीले दिएको जानकारी अनुसार उनलाई अस्पताल लगियो, त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे । मृतकको परिवारले उनलाई अस्पताल लैजान ढिला गरेको भन्दै आरोप लगाए । प्रहरीले पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको सही कारणबारे पत्ता लाग्ने बताएको छ । हाल हत्याको मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह