2026-09-27 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

काठमाडौँका मेयर बालेन शाह ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा परे

भदौ २८, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह’ बालेन’ विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा परेका छन् । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूची सार्वजनिक गर्दा त्यसमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि समावेश भएका हुन् ।

म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गरेको हो । स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । जसमा बालेन शाहको बारेमा लेख्दै टाइम म्यागजिनले बालेन कसरी मेयर बने भन्ने उल्लेख गरेको छ । साथै कसरी चर्चामा आए  भन्ने कुरा पनि उल्लेख छ । 

 वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न सार्वजनिक थालेको हो ।  

द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल समेत प्रकाशित गरेको थियो । टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा आफ्नो लेखमा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको म्यागजिनमा उल्लेख छ ।

सामाजिक संजालको उच्चतम प्रयोगको कारण स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले दिग्गज राजनीतिज्ञहरूमाथि विजय हासिल गरेको म्यागजिनमा उल्लेख छ । बालेन शाहको चर्चा गर्दै म्यागजिनले लेखेको छ ‘मेयर भएर आएपछि शाहले ल्यान्डफिल साइटहरू प्रयोग गर्न अधिकारीहरूसँग सम्झौताहरूमा हस्ताक्षर गरेका छन् साथै फोहोरहरू छुट्ट्याउने र विसर्जन गर्ने योजनाहरू घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह