2026-09-27 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पृथ्वीभन्दा ८.६ गुणा ठुलो ग्रहमा जीवनको सङ्केत

भदौ २८, कठमाडौं | पृथ्वीबाट करिब १२० प्रकाश वर्ष टाढा रहेको एक ग्रहको सतहमा पानी हुन सक्ने जेम्स वेब स्पेस टेलिस्कोपबाट प्राप्त नयाँ तथ्यहरूले देखाएको छ । विश्वकै सबैभन्दा विकसित मानिने उक्त स्पेस अबजरभेटरीले ‘एक्सोप्लानेट के२–१८ बी’ मा पानी र जीवन पाउने मुख्य विशेषताहरु हुनसक्ने खुलासा गरेको हो ।

के२–१८ नामक ‘कूल ड्वार्फ’ तारालाई नजिकबाट परिक्रममा गरिरहेको उक्त ग्रह ताराको ‘गोल्डीलक्स’ (जीवनयोग्य) क्षेत्रभित्र पर्ने तथा पृथ्वीभन्दा ८.६ गुणा ठुलो रहेको छ । टेलिस्कोपबाट गरिएको अध्ययनबाट ग्रहमा मिथेन र कार्बोन डायोअक्साइडको ठुलो मात्रा रहेको बताइएको छ ।

अमोनियाको कमीसहित कार्बन रहेको अणुहरूले त्यहाँको वायुमण्डलमा हाइड्रोजनको ठुलो मात्रा र समुद्री जीवन रहेको सङ्केत गर्ने नासाको नयाँ विज्ञप्तिमा जनाइएको छ । कार्बनलाई पृथ्वीमा जीवनको आधारभूत तत्त्व मानिन्छ । हबल स्पेस टेलिस्कोपले सबैभन्दा पहिले गृहको वायुमण्डलमा पानीको बाफ फेला पारेको थियो । सन् २०१९ को सेप्टेम्बरमा प्रकाशित उक्त अध्ययन रिपोर्टले के २–१८ बी बारे थप अध्ययन गर्न वैज्ञानिकहरूलाई सहयोग गरेको थियो ।

त्यसपछि मानिसको आँखाले देख्न नसक्ने इन्फ्रारेड प्रकाशलाई समेत पत्ता लगाउन सक्ने वेब टेलिस्कोपले त्यहाँको वायुमण्डलमा के–के तत्त्व रहेको छ भन्ने खोजी गरेको थियो । पछिल्लो अध्ययनबाट उक्त ग्रहमा ‘डिमिथायल सल्फाइड’ (डीएमएस) नामक विशेष अणुसमेत रहेको हुन सक्ने देखिएको छ । नासाका अनुसार पृथ्वीमा जीवित वस्तुबाट मात्र डिमिथायल सल्फाइड निर्माण हुन्छ । पृथ्वीको वायुमण्डलमा रहेको डीएमएस पानीमा पाइने फाइटोप्ल्याङ्टनबाट निष्कासित हुने गर्दछ ।

यद्यपि, उक्त ग्रहमा ‘एलियन जीवन’ रहेको शोधकर्ताहरूले ठोकुवा भने गरेका होइनन् । क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापक रहेका खगोलशास्त्री निकु मधुसूदनका अनुसार डीएमएस त्यहाँ रहे–नरहेको पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको छ । त्यहाँ डीएमएस रहेको पुष्टि भयो भने पनि त्यसको अर्थ त्यहाँ जीवन छ नै भन्ने ठ्याक्कै प्रमाणित हुँदैन । यद्यपि, यसले ग्रहहरूबारे थप अध्ययन गर्न भने मद्दत मिल्नेछ । –सीएनएन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह