2026-09-27 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा निपा भाइरसको त्रास, दुई जनाको मृत्यु

भदौ २८, कठमाडौं | भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु गरिएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले राज्यको कोझीकोडे जिल्लामा सङ्क्रमण देखिएको बताउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउनुका साथै स्वास्थ्य विभागको सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरेका छन् ।

सन् २०१८ पछि राज्यमा भाइरसको सङ्क्रमण देखिएको यो चौथो पटक हो । यसबाट दुई जनाको मृत्यु भएको जानकारी दिँदै मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी डराउनु पर्दैन तर यो अवस्थालाई सावधानीका साथ सामना गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जनवारबाट मानिसमा सर्ने गर्दछ । तर, दूषित खाना वा मानिसबाट मानिसमा पनि सर्न सक्ने बताइएको छ । सामान्य टाउको दुखाई र थकानबाट यसको लक्षण सुरु हुने र केही दिनको अन्तरमा नै मानिस कोमामा पुग्ने यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

यसको सङ्क्रमणबाट श्वासप्रश्वासमा समस्या हुन्छ जहाँ हाम्रो फोक्सोले पर्याप्त अक्सिजन पाउँदैन । त्यसपछि घातक इन्सेफलाइटिस हुन्छ जहाँ मस्तिष्कमा असर पुग्दछ । हालसम्म यसको कुनै खोप छैन र यसको उपचार सहायक देखभालमा सीमित रहेको छ ।

केरलामा मृत्यु भएकाहरूको ७ सय सयजना भन्दा बढीसँग सम्पर्क रहेको देखिएको छ । उनीहरूको परीक्षण भइरहेको स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिएकी छन् । यसमध्ये ७७ जना उच्च ‘जोखिम’ मा रहेका छन् ।

सबैलाई घरमा बसेर आफ्नो स्वास्थ्य अवस्थालाई मूल्यांकन गर्न भनिएको छ । सो क्षेत्रका विद्यालय बन्द गर्दै सात वटा गाउँलाई ‘नियन्त्रण क्षेत्र’ घोषणा गरिएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह