२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपालमा लुकेका भनिएका छोटा राजनका सहयोगी भारतमै पक्राउ

२०८०, २ आश्विन मंगलवार ०७:२१

असोज २, काठमाडौँ | अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेको हो ।

सिसोदियालाई भारतीय सुरक्षा अधिकारीहरुले नेपालमा लुकेर बसेको बताउँदै आएका थिए ।

हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई चम्पावत जिल्लाको बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । ‘उनलाई नियन्त्रणमा लिन हामीले एक वर्षदेखि प्रयास गरिरहेका थियौं’, अग्रवालले भनेका छन्, ‘दिपक नेपालमा सेल्टर लिएर बसिरहेका छन् भन्ने सूचना थियो ।’

पछिल्लो समय दिपक नेपालबाट आफ्नो घर आउँदै गरेको सूचना प्राप्त भएपछि आफ्नो टोली परिचालित भएको अग्रवालले जनाएका छन् ।


‘आइतबार राति हाम्रो टोलीले उनी हल्वानी आउन लागेको भन्ने सूचना पायो, लगत्तै खटिएको टोलीले उनलाई बनवासा रेल स्टेशन नजिकैबाट पक्राउ गरेको हो’, अग्रवालले भने, ‘थप कानूनी प्रक्रियाका लागि उनलाई मुम्बई पठाउने तयारी भइरहेको छ ।’

नैनताल प्रहरीले दिपकबारे सूचना दिनेलाई भारु २५ हजार रुपैयाँ इनाम दिने घोषणा समेत गरेको थियो । मुम्बईको पत्रिका ‘मिड डे’का पत्रकार जे डेलाई अज्ञात समूहले ११ जुन २०११ मा गोली हानी हत्या गरेको थियो । मुम्बई अन्डरवर्ल्डका विज्ञ मानिने उनले ‘जेरो डायल’ र ‘खल्लास’ गरी दुई पुस्तक समेत लेखेका थिए ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २०११ मै दिपक सिसोदियालाई पक्राउ गरेको थियो । उनले जे डेको हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएको प्रहरीको निष्कर्ष थियो ।

जन्मकैदको सजाय काटिरहेका बेला दिपक २०२२ को जेनवरीमा ४५ दिनको पेरोलमा छुटेका थिए । तर, त्यो समयसम्ममा अमरावती केन्द्रीय कारागारमा नगइ उनी फरार भएका थिए ।

पत्रकार जे डेको हत्याका लागि सहयोग पुग्ने गरी छोटा राजनलाई सूचना दिएको आरोपमा एक निर्दोष पत्रकार समेत पक्राउ परेकी थिइन् । पछि कुनै प्रमाण फेला नपरेपछि अदालतले ती पत्रकार जिग्ना बोहरालाई छाडेको थियो ।

उनीमाथि केन्द्रित रहेर अनलाइन भिडियो स्ट्रिमिङ प्लेटर्फम नेटफि्ल्क्सले ‘स्कुप’ शीर्षकको वेवसिरिज पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी