४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपालमा लुकेका भनिएका छोटा राजनका सहयोगी भारतमै पक्राउ

२ आश्विन २०८०, मंगलवार ०७:२१

असोज २, काठमाडौँ | अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेको हो ।

सिसोदियालाई भारतीय सुरक्षा अधिकारीहरुले नेपालमा लुकेर बसेको बताउँदै आएका थिए ।

हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई चम्पावत जिल्लाको बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । ‘उनलाई नियन्त्रणमा लिन हामीले एक वर्षदेखि प्रयास गरिरहेका थियौं’, अग्रवालले भनेका छन्, ‘दिपक नेपालमा सेल्टर लिएर बसिरहेका छन् भन्ने सूचना थियो ।’

पछिल्लो समय दिपक नेपालबाट आफ्नो घर आउँदै गरेको सूचना प्राप्त भएपछि आफ्नो टोली परिचालित भएको अग्रवालले जनाएका छन् ।


‘आइतबार राति हाम्रो टोलीले उनी हल्वानी आउन लागेको भन्ने सूचना पायो, लगत्तै खटिएको टोलीले उनलाई बनवासा रेल स्टेशन नजिकैबाट पक्राउ गरेको हो’, अग्रवालले भने, ‘थप कानूनी प्रक्रियाका लागि उनलाई मुम्बई पठाउने तयारी भइरहेको छ ।’

नैनताल प्रहरीले दिपकबारे सूचना दिनेलाई भारु २५ हजार रुपैयाँ इनाम दिने घोषणा समेत गरेको थियो । मुम्बईको पत्रिका ‘मिड डे’का पत्रकार जे डेलाई अज्ञात समूहले ११ जुन २०११ मा गोली हानी हत्या गरेको थियो । मुम्बई अन्डरवर्ल्डका विज्ञ मानिने उनले ‘जेरो डायल’ र ‘खल्लास’ गरी दुई पुस्तक समेत लेखेका थिए ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २०११ मै दिपक सिसोदियालाई पक्राउ गरेको थियो । उनले जे डेको हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएको प्रहरीको निष्कर्ष थियो ।

जन्मकैदको सजाय काटिरहेका बेला दिपक २०२२ को जेनवरीमा ४५ दिनको पेरोलमा छुटेका थिए । तर, त्यो समयसम्ममा अमरावती केन्द्रीय कारागारमा नगइ उनी फरार भएका थिए ।

पत्रकार जे डेको हत्याका लागि सहयोग पुग्ने गरी छोटा राजनलाई सूचना दिएको आरोपमा एक निर्दोष पत्रकार समेत पक्राउ परेकी थिइन् । पछि कुनै प्रमाण फेला नपरेपछि अदालतले ती पत्रकार जिग्ना बोहरालाई छाडेको थियो ।

उनीमाथि केन्द्रित रहेर अनलाइन भिडियो स्ट्रिमिङ प्लेटर्फम नेटफि्ल्क्सले ‘स्कुप’ शीर्षकको वेवसिरिज पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’