2026-09-27 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यी हुन् पछिल्लो एक वर्षमा सर्वाधिक कमाउने खेलाडी: पहिलोमा रोनाल्डो, दोस्रोमा मेस्सी

असोज २, न्यूयोर्क | फोर्ब्सले पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको सूचीअनुसार पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् ।

हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन् ।

यो कर र एजेन्ट फीसहितको रकम हो । उनले तलब र बोनसबापत ४६ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ९० मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ । रोनाल्डो यो सूचीमा सन् २०१७ पछि पहिलो पटक र समग्रमा तेस्रोपटक पहिलो स्थानमा पुगेका हुन् । कुनै पनि फुटबल खेलाडीले विगतमा एक वर्षभित्र यति धेरै रकम नकमाएको पनि उल्लेख गरिएको छ ।

विगतमा टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड्स र बक्सिङका कनर म्याकग्रेगरले मात्र योभन्दा बढी रकम कमाएको पनि फोर्ब्सले जनाएको छ ।

सामाजिक सञ्जाल, क्रिप्टोकरेन्सीलगायतका कारण मैदान बाहिर रोनाल्डोको आम्दानी, मैदानबाट हुनेभन्दा करिब दोब्बर रहेको दाबी गरिएको छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी १३० मिलियन अमेरिकी डलरसहित दोस्रोमा छन् । उनले तलब र बोनसबापत ६५ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ६६ मिलियन अमेरिकी डलर कमाएको उल्लेख गरिएको छ ।

१२० मिलियन अमेरिकी डलरसहित अर्का फुटबलर केलियन एमबाप्पे तेस्रोमा छन् । उनले तलब र बोनसबापत १०० मिलियन र अन्य माध्यमबाट २० मिलियन अमेरिकी डलर आम्दानी गरेका हुन् ।

बास्केटबलका लेब्रोन जेम्स ११९.५ मिलियन अमेरिकी डलर कमाइसहित चौथोमा छन् । बक्सिङका कानेलो अल्भाराजले ११० मिलियन, गल्फका डस्टिन जनसनले १०७ मिलियन, फिल मिकेलसनले १०६ मिलियन, बास्केटबलका स्टेफन करीले १००.४ मिलियन, टेनिसका रोजर फेडेररले ९५.१ मिलियन र बास्केटबलका केभिन डुरान्टले ८९.१ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह