2026-09-27 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

क्यानडामा रहेका आफ्ना विद्यार्थीलाई भारतले गरायो सतर्क

असोज ३, काठमाडौँ | खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको छ ।

मंगलबारसम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधबार एक अर्काविरुद्ध थप दबाब बनाएका छन् ।

मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।

भारतले क्यानडामा रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन, क्यानाडामा भारत विरोधी गतिविधिहरू सहित क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न र सतर्क रहन भन्दै कुनै अप्ठेरो परेको खण्डमा भारतीय नियोगहरूलाई जानकारी गराउन भनेको छ ।

‘क्यानडामा बढ्दो भारत विरोधी गतिविधिहरू र राजनीतिक रूपमा माफ गरिएको घृणित अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै, त्यहाँका सबै भारतीय नागरिकहरू र यात्राको तयारीमा रहेकाहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह छ । भारतीय नागरिकहरूलाई क्यानाडामा भारत विरोधी एजेन्डाको विरोध भइरहेका क्षेत्र र सम्भावित स्थानहरूमा यात्रा नगर्नु होला’, भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘क्यानडामा बिग्रिएको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध छ । क्यानडामा रहेका भारतीय नागरिकहरू र विद्यार्थीहरूले पनि ओटावामा रहेको भारतीय उच्चायोग वा टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा उनीहरूको सम्बन्धित वेबसाइटहरू वा मद्दत पोर्टल madad.gov.in मा आफ्नो अवस्था दर्ता गर्नुहोला । यसले उच्चायोग र महावाणिज्य दूतावासलाई कुनै पनि आपतकालीन वा अप्रिय घटनाको अवस्थामा क्यानाडामा रहेका भारतीय नागरिकहरूसँग राम्रोसँग सम्पर्क गर्न सहयोग पुर्‍याउने छ’, विज्ञप्तिमा उल्लेख छ ।

क्यानडाले मंगलबार राति ट्राभल एजभाइजरी अपडेट गर्दै आफ्ना नागरिकलाई भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो । क्यानडाले ट्राभल एडभाइजरी जारी गर्दै अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको थियो ।

मंगलबार जारी क्यानडाको ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’

भारतका गुजरात, पञ्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।

गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।

क्यानडाले यही आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।

क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई मंगलबार देश छोड्न निर्देशन दिएको थियो ।

मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह