2026-09-27 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अजरबैजानमा तेल भण्डार विष्फोट हुँदा २० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

असोज ९, एजेन्सी | अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अर्मेनियाका स्थानीय अधिकारीहरूले यस विस्फोटमा सयौं व्यक्ति घाइते भएको बताएका छन् । झण्डै ३०० जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दर्जनौँको अवस्था अझै चिन्ताजनक रहेको छ ।

यस घटनाको केही समयअघि आर्मेनियाली सरकारले नागोर्नो-काराबाखबाट १३ हजार ३५० शरणार्थी आफ्नो देशमा प्रवेश गरेको बताएको थियो। बहुसंख्यक आर्मेनियाली मूलका करिब १२०,००० मानिसहरू विवादित क्षेत्र नागोर्नो काराबाखमा बस्छन्। 

सोमबार साँझ स्टेपानाकर्ट सहरमा भएको विष्फोटको वास्तविक कारण के थियो भन्ने अझै खुल्न सकेको छैन । ‘इन्धन डिपोमा भएको विस्फोटमा घाइते हुनेको संख्या २०० भन्दा बढी छ,‘ मानव अधिकार ओम्बड्सम्यान गेगाम स्टेप्यानले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे।

मंगलबार स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित व्यक्तिको शव फेला परेको र अन्य सात जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् ।

गत हप्ता अजरबैजानले नागोर्नो-काराबाखलाई कब्जा गरेपछि येरेभानमा आर्मेनियाली सरकारले युद्धका कारण घरबारविहीन भएका मानिसहरूलाई बसोबास गर्ने योजना बनाएको थियो। त्यसपछि हजारौँ मानिसले उक्त क्षेत्र छोडेका छन् । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले नागोर्नो काराबाखमा ‘जातीय नरसंहार’ भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह